Namaste Lumbini

शुक्रवार, मंसिर ११ २०८३Nov 27 2026

प्रधानमन्त्री बालेन र रास्वपाका सभापति रवि बीच भेटवार्ता

प्रधानमन्त्री बालेन र रास्वपाका सभापति रवि बीच भेटवार्ता


  • 157
    SHARES

  • प्रधानमन्त्री बालेन र  रास्वपाका सभापति रवि बीच भेटवार्ता

    काठमाडौँ ,

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच बिहीबार भेटवार्ता भएको छ।

    सभापति लामिछानेको निवास बूढानीलकण्ठमा करिब पाँच घण्टासम्म आत्मीय र सौहार्दपूर्ण वातावरणमा संवाद भएको जनाइएको छ।

    दुई नेताबीच भारत भ्रमणका विविध आयाम र उपलब्धिहरूमाथि सघन छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ। यस क्रममा प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमण तथा भ्रमणका उपलब्धिबारे सभापति लामिछानेलाई जानकारी गराए।

    छलफलमा आगामी निर्वाचनहरू र त्यसको तयारीका सन्दर्भमा समेत कुराकानी भएको छ। यसैगरी पार्टीले शुरु गर्न लागेको प्रशिक्षण अभियान, मन्त्री, मन्त्रालय र सरकारका कामकारवाहीका साथै अध्यादेश र आगामी संसद् अधिवेशनका विषयमा पनि दुवै नेताबीच विचार–विमर्श भएको जनाइएको छ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार