Namaste Lumbini

बिहिवार, मंसिर १० २०८३Nov 26 2026

मानसिक तनाव व्यवस्थापन तथा सकारात्मक सोचको विकास गर्ने उद्देश्यले बुटवलमा योग, ध्यान तथा ज्ञान प्रवचन

मानसिक तनाव व्यवस्थापन तथा सकारात्मक सोचको विकास गर्ने उद्देश्यले बुटवलमा योग, ध्यान तथा ज्ञान प्रवचन


  • 133
    SHARES

  • मानसिक तनाव व्यवस्थापन तथा सकारात्मक सोचको विकास गर्ने उद्देश्यले बुटवलमा योग, ध्यान तथा ज्ञान प्रवचन

    बुटवल,

    व्यवसाय सञ्चालनका क्रममा उत्पन्न हुने मानसिक तनाव व्यवस्थापन तथा सकारात्मक सोचको विकास गर्ने उद्देश्यले बुटवलमा योग, ध्यान तथा ज्ञान प्रवचन कार्यक्रम गरिएको छ ।
    बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा विकासानन्द फाउन्डेसन विश्व परिवार बुटवल शाखाको सहआयोजनामा बिहीबार कार्यक्रम गरिएको हो ।
    कार्यक्रममा स्वागत गर्दै संघका अध्यक्ष नरिश्वर शर्मा पाैडेलले योग, ध्यान र ज्ञान तथा तनाव व्यवस्थापन उद्याेगी व्यवसायीसंगै आम मानिसका लागि उपयाेगी हुने भएकाले मनोक्रान्ति दोस्रो विश्व शान्ति ध्यानमय पदयात्राकाे संयाेग मिलाएर कार्यक्रम गरिएकाे जानकारी गराए ।
    ‘मनोक्रान्ति दोस्रो विश्व शान्ति ध्यानमय पदयात्रा’ अन्तर्गत आयोजित कार्यक्रममा याेग गुरु स्वामी विकासानन्दले उद्योगी व्यवसायीलाई लक्षित गरी योग, ध्यान र ज्ञान प्रवचनमार्फत तनाव व्यवस्थापनका उपायबारे जानकारी गराएका थिए ।
    व्यवसायमा सफलता हासिल गर्न आर्थिक तथा व्यावसायिक दक्षतासँगै मानसिक शान्ति, आत्मअनुशासन र सकारात्मक सोच पनि आवश्यक हुने विषयमा कार्यक्रममा जोड दिइएको थियो ।
    संघका पदाधिकारी, पूर्वअध्यक्षहरु सहित सदस्य उद्याेगी व्यवसायी सहभागी उक्त कार्यक्रममा सहभागीलाई योग तथा ध्यानको अभ्याससँगै मानसिक सन्तुलन कायम राख्ने र तनावमुक्त जीवनशैली अपनाउने विषयमा सहजीकरण गरिएको संघका महासचिव बसन्तप्रसाद ढकालले बताए ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार