Namaste Lumbini

बिहिवार, मंसिर १० २०८३Nov 26 2026

बुटवलमा मंसिर एघार गते शुक्रबारदेखि खाना महोत्सव हुँदै

बुटवलमा मंसिर एघार गते शुक्रबारदेखि खाना महोत्सव हुँदै


  • 109
    SHARES

  • बुटवलमा  मंसिर एघार गते शुक्रबारदेखि  खाना महोत्सव हुँदै

    बुटवल, 

    शुक्रबारदेखि बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित रंगशालामा मंसिर ११ गते शुक्रबार देखि १५ गतेसम्म बुटवलमा खाना महोत्सव हुँदै छ।
    मौलिक खानाका परिकारमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ बुटवलमा खाना महोत्सव हुने भएको छ । होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ, रूपन्देहीको आयोजनामा मंसिर ११ गते शुक्रबार देखि १५ गतेसम्म  बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित रंगशालामा हुने महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

    संघले बिहीबार पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी दिएको हो । महोत्सवमा थारू, नेवारी, मगर, थकालीलगायत विभिन्न जातजातिका मौलिक परिकारका ६० खानाका स्टलहरु रहने महोत्सव संयोजक तथा संघका अध्यक्ष माधवकुमार खनालले बताए ।

    नेपाली मौलिक खानाको स्वादसँगै कला र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उनको दाबी छ । उनका अनुसार महोत्सवमा दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । खाद्य स्वच्छता र सरसफाइमा पनि विशेष ध्यान दिइने उनले बताए ।

    आयोजकले महोत्सवमा दुई लाख दर्शक सहभागी हुने र एक करोड ५० लाख रूपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरेको छ ।संघका वरिष्ठ उपाध्यक्ष अर्जुन थापाले खाना महोत्सव बुटवलको पहिचान र ब्रान्डका रूपमा स्थापित भइसकेको बताए ।

    महोत्सव हरेक दिन साँझ ४ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार