Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

अयोध्याबाट छुटेको‘सरयू-कमला एक्सप्रेस जनकपुर आइपुग्यो

अयोध्याबाट छुटेको‘सरयू-कमला एक्सप्रेस जनकपुर आइपुग्यो


  • 169
    SHARES

  • अयोध्याबाट छुटेको‘सरयू-कमला एक्सप्रेस  जनकपुर आइपुग्यो

    जनकपुर ,

    भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म जोड्ने नयाँ रेल सेवा ‘सरयू-कमला एक्सप्रेस’ मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ ।

    अयोध्याबाट करिब १ हजार यात्रु बोकेर सरयू–कमला एक्सप्रेस रेल जनकपुर आइपुगेको छ।

    सोमबार दिउँसो १२:३० बजे अयोध्याधामबाट प्रस्थान गरेको रेल मंगलबार बिहान ९:४० बजे जनकपुरधाम आइपुगेको हो ।

    जनकपुर रेल्वे स्टेसनमा उनीहरूको स्वागत गरिएको छ। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव लगायतले रेलबाट आएका यात्रुको स्वागत गरेका हुन्।

    fff.jpg

    नयाँदिल्लीस्थित हैदराबाद भवनमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपाल र भारतका प्रधानमन्त्रीले अयोध्या–जनकपुर चल्ने रेलको हरियो झण्डा हल्लाएर उद्घाटन गरेका थिए ।

    करिब ६०४ किलोमिटर दूरी पार गर्ने यो रेलले भारतको उत्तर प्रदेश र बिहार हुँदै नेपालको जनकपुरधामलाई जोड्नेछ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार