Namaste Lumbini

शुक्रवार, मंसिर ११ २०८३Nov 27 2026

स्याङ्जा  कालीगण्डकी गाउँपालिका वडा नम्बर चारका अध्यक्ष पाण्डेयद्धारा जन्मदिनको अवसरमा मृगौला तथा पक्षघातबाट पिडितलाई आर्थिक सहयोग

स्याङ्जा  कालीगण्डकी गाउँपालिका वडा नम्बर चारका अध्यक्ष पाण्डेयद्धारा जन्मदिनको अवसरमा मृगौला तथा पक्षघातबाट पिडितलाई आर्थिक सहयोग


  • 3.4K
    SHARES

  • स्याङ्जा  कालीगण्डकी गाउँपालिका वडा नम्बर चारका  अध्यक्ष  पाण्डेयद्धारा  जन्मदिनको अवसरमा मृगौला तथा पक्षघातबाट पिडितलाई आर्थिक सहयोग

    बुटवल ,
    स्याङ्जा  जिल्ला कालीगण्डकी गाउँपालिका वडा नम्बर चारका वडा अध्यक्ष यादव प्रसाद पाण्डेय सुन्दरले आफनो जन्मदिनको अवसरमा मृगौला तथा पक्षघातबाट पिडितलाई आर्थिक सहयोग गर्नुभएको छ ।

    वडा अध्यक्ष पाण्डेयले वडा अध्यक्षको हैसियतले नेपाल सरकारबाट प्राप्त पहिले रकम सामाजिक सेवा भाव स्वरुप मृगौला तथा पक्षघातबाट पिडितलाई आर्थिक सहयोग गरेको र आफु जनप्रतिनिधि भएकाले आफनो कर्तव्य सम्झेर सानो भए पनि सहयोग गरेको बताउनुभयो ।

    वडा अध्यक्ष पाण्डेयले जन्म दिनमा गरिने खर्चलाई सामाजिक कार्यमा खर्च गर्न आग्रह गर्नु भएको छ ।

    जन्म दिनको अवसरमा वडा अध्यक्ष पाण्डेयले मृगौला तथा पक्षधातबाट पिडित वडा नम्बर ४का निशा मित्रकोटीको श्रीमान लिला बहादुर दमैलाई रु ५०००, दलबहादुर वि,क लाई रु ४०००,माया दमैलाई रु ३०००, वडा नम्बर ३ का धन बहादुर रानालाई रु ३००० नगद आर्थिक सहयोग गर्नु भएको थियो ।

    युवा वडा अध्यक्ष पाण्डेयले गर्नुभएको सहयोगको रकम सानो भएतापनि जन्मदिनको अवसरमा गरिने खर्चलाई गरिब दुखी तथा सामाजिक काममा लगाउनका लागी सन्देश दिएको छ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार