बुधवार, चैत्र ३० २०७८०९:४१:३६
काठमाण्डाै ,
देशका धेरै ठाउँको मौसम अंशिकदेखि सामान्य बद्ली भएको छ । आज पनि प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ ।
यस्तै, आज तराईका जिल्लामा पनि हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
आज तराईका जिल्लाको मौसम पनि आंशिकदेखि सामान्य बद्ली भएको छ । । नेपालमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव छ । यसका कारण भोलि पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भइ केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।