Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

भुकम्प, कारण र सुरक्षाका उपाय,

भुकम्प, कारण र सुरक्षाका उपाय,


  • 22.4K
    SHARES

  • भुकम्प, कारण र सुरक्षाका उपाय,

     

     यमन भट्टराई
                                              पृष्ठभूमी


    भ्ूाकम्प अर्थात भुईचाँलोभन्ने शब्द  सुन्ने बित्तिकै  हामी सबैको ज्यान जिरिङ्घ हुने गदर्छ । भु को अर्थ पृथ्वी र कम्पनको अर्थ हल्लिने हो । यो एउटा प्राकृतिक प्रकोप ९ल्बतगचबम्ष्किबकतभच०हो ।   जसको कारणले गर्दा विश्वमा वर्षेनि ठुलो धनजनको क्षती हुनुको साथसाथै प्रत्येक भुकम्पका घटनामा हजारौ भौतिक संरचना तथा मानविय संशाधनको क्षती भएको छ। भुकम्प कहिले र कहाँ जादैँछ भन्ने कुराकोपूर्वानुमान गर्न नसकिने हुदा पनि यो विषय आधुनिक विज्ञानलाई पनि एउटा ठुलो चुनौतिको रुपमा रहेकोछ ।
    भुकम्प प्राय कमजोर भु–धरातल भएको क्षेत्रमा बढी जाने गर्दछ। भुकम्प जाने प्रमुख क्षेत्रहरु प्रशान्त महासागर वरिपरिका मोडदार पर्वत श्रेणीहरु जस्तैः अमेरिकाको रकि र एण्डिज पर्वतहरु,एशियाका प्रायद्धिपहरु तथा हिमालय पर्वत श्रेणी र युरोपको आल्पस पर्वत श्रेणीहरु रहेका छन् । भुकम्पबाट बढि प्रभावित देशहरुमा जापान,फिलिपिन्स,इन्डोनेसिया, पपुवा न्युगिनि ,न्युजिल्याण्ड आदि हुन् । नेपाल पनि भुकम्पको अति प्रभावित देशहरुमा पर्छ । यो विश्वमा भुकम्पको जोखिमको हिसावले ११ औ स्थानमा पर्छ ।
    भुकम्प जाने कारणहरु स्
    पृथ्वीको भित्री सतहमा अत्याधिक ताप र चापको कारणले गर्दा पदार्थहरु तरल अवस्थामा हुन्छन् । उक्त तरल पदार्थको हलचलले गर्दा भुकम्प जाने गर्दछ जुन एउटा प्रमुख कारण हो । पृथ्वी भित्रको तातो तरल पदार्थ, कमजोर धरातलिय क्षेत्रबाट बाहिर निस्किन्छ जसलाई ज्वालमुखि बिस्फोटन भनिन्छ । जसको विस्फोटनको कारणलेगर्दा पनि भुकम्प जाने गर्दछ । त्यसैगरि सागर ,महासागरमा आउने छालहरुले जोडसँग हल्लाउदाँ पनि भुकम्प जाने गर्दछ ।कहिलेकाँहि ठुला रुख तथा चट्टानहरु माथिबाट खस्दाँ पनि भुकम्पको महशुस हुने गर्दछ ।भौतिक विकासका क्षेत्रमा आएको परिवर्तन तथा भौतिक निमार्णका कार्यमा देखिएको तिव्रताले  गर्दा गरिने बम बिस्फोटन र आणविक हतियारको  परिक्षण जस्ता दीर्घकालिन रणनीतिक महत्वका कारणले गर्दा पनि भुकम्प जान्छ ।सन् द्दण्ज्ञठ सेप्६ेम्बर घ मा उत्तर कोरियाले हाई८«ोजन बम परिक्ष०ा गर्दा ट.घ रेक्६र स्केलको भूकम्प मापन गरिएको थियो ।
    भुकम्प शुरुहुने पृथ्वीको भित्री केन्द्रलाई हाइपोसेन्टर(ज्थउयअभलतचभ)भनिन्छ भने भुकम्प आइपुग्ने पृथ्वीको स्थानलाईइपिसेन्टर(भ्उष्अभलतचभ)भनिन्छ । वि.स.२०७२बैशाख १२ गते गोरखा जिल्लाको बारपाकलाई इपिसेन्टर बनाई भुकम्प गएको थियो जसको हाइपोसेन्टर सतहबाट करिब १५ कि.मि. भित्र थियो ।भुकम्पको उत्पत्ति ,तीब्रता र वेग नाप्ने यन्त्रलाई सिस्मोगा्रफ९क्भष्mयनचबउज०भनिन्छ । यसले कति मात्राको भुकम्प गयो भन्ने मापन गर्छ तर कहिले र कहाँ जान्छ भन्ने कुरा बताउन सक्दैन । भुकम्पलाई रेक्टर स्केलमा मापन गरिन्छ ।जसलाई अमेरिकि भुगर्भविद चाल्र्स फ्र्रान्सिस रेक्टरले सन् १९३४ मा विकास गरेका थिए ।
    भुकम्प दुई प्रकारको हुन्छन ।पृथ्वीको धरातल दाँया बाँया हल्लााउने भुकम्पज्यचष्शयलतबभिुकम्प हो ।  धरातल तलमाथि हल्लाउने ख्भचतष्अब िभुकम्प हो ।ज्यचष्शयलतब िभुकम्प ख्भचतष्अबभिन्दा पनि बढि शक्तिशालि हुन्छ ।विश्वमा वर्षेनि सयौको संख्यामा साना ठुला भुकम्पहरु जाने गर्छन । ७.० रेक्टर स्केलभन्दा ठुलो भुकम्पलाई शक्तिशालि भुकम्प मानिन्छ।
    नेपालमा वि.स.१२१८ असार शुक्ल तृतीयका दिन गएको भुकम्प रेकर्ड भएको पहिलो विनाशकारि भूकम्प हो । जुन ७.७ रेक्टर स्केलको भएको अनुमान गरिएको छ । सोही भूकम्पमा परि राजा अभय मल्ललेसमेत ज्यान गुमाएका थिए।

     नेपालमा ८०० वर्षको अन्र्तरालमा ५० भन्दा बढि भुकम्पहरु गएको अभिलेख छ,वि.स. १९९० माघ २ गतेका दिन संखुवासभा जिल्लाको चैनपुरलाई केन्द्रविन्दु बनाई  ८.४ रेक्टर स्केलको महाभुकम्प गएको थियो  ।जसमा परि ८५१९ जनाले ज्यान गुमाएका थिए । जसमा हजारौको संख्यामा भौतिक संरचना ध्वस्त भएका थिए । यसै भुकम्पले  गर्दा काठमाडौमा रहेका २ वटा धरहरा मध्ये एउटा पुरै ढल्यो भने अर्को आधामात्र भत्किएको थियो ।


    यसैगरी नेपालमा वि.स. २०३८ र२०४५मा पनि ठुला भुकम्प गएका थिए । नेपालमा वि.स.२०७२ साल बैशाख १२ गते गएको अर्को विनाशकारी भुकम्प हो ।  जसलाई अहिले सम्मका क्षतीको आधारमा  महा भूकम्प मानिन्छ ।ज्ुान ७.८ रेक्टर स्केलको थियो , यसको केन्द्रविन्दु गोर्खा जिल्लाको बारपाक थियो ।यस भूकमपमा परि ७००० भन्दा बढिको ज्यान गयो । साथै हजारौ मानिसहरु घाइते ,अपाङग्तथा घरवार विहिन हुन पुगेका थिए।हजारौको संख्यामा रहेको भौतिक संरचना क्षत विक्षत हुनुका अतिरिक्त नेपाल र नेपालीको पहिचान धरहरा पूर्ण रुपमा ध्वस्त भएको थियो ।सन् १९६० मे २२ मा चिलिको भ्याल्डिभियामा गएको ९.५ रेक्टर स्केलको भुकम्प अहिले सम्मकै विश्वको सबैभन्दा शक्तिशालि भुकम्प हो । त्यसैगरि सन् २००४ डिसेम्बर २६मा हिन्द महासागरमा गएको ९.१ रेक्टर स्केलको भुकम्प र त्यस पछि आएको सुनामिमा परि १४ देशका करिब २ लाख ३० हजार मानिस हरुले ज्यान गुमाएका थिए ।


    भुकम्प आउदा देखिने संकेत


    भुकम्प कहिले कहाँ र कति ठुलो आँउदैछ भन्ने अनुमान गर्न कसैले नसके पनि केहि जनावरहरुका अस्वाभाविक व्यावहारले भुकम्प आउने संकेत गदर्छ । विनाकारण कुकुर भुक्नु,चराचुरुङ्घी कराउनु,मुसा तथा सर्प दुलाभित्रबाट  बाहिर निस्कने ,गाईबस्तु आत्तिने आदि अस्वभाविक प्रतिक्रियाले भुकम्प आउने संकेत गर्छन् ।
    भुकम्पबाट बच्ने उपायहरुस्
    भुकम्प आफैले मानिसलाई मार्ने तथा घाइते बनाउने नभइ हामिले नै बनाएका कमजोर भौतिक संरचना भत्किन गई त्यसमा परि ज्यान जाने र घाइते हुने हो ।यसबाट बच्न अग्रिम साबधानी अपनाउनु नै उत्तम उपाय हो।भ्ूाकम्प आउँदा घर भित्र भए टेबल मुनी, खाटमुनी तथा सुरक्षीत स्थानमा नआत्तिकन बस्ने ।घर बाहिर भए खुल्ला चउरमा बस्ने । रुख,खम्बा,ग्यास,आगो तथा पहिरो जान सक्ने स्थानबाट टाढा बस्ने , गाडि भित्र भएमा गाडिलाई सुरक्षित स्थानमा पार्क गरि बस्ने ,घर ,स्कुल र मठमन्दिरहरु भुकम्प प्रतिरोधात्मक बनाउने , स्रोत प्रमाणित नभएको हल्लाको पछि नलाग्ने ,सहि सुचनाको प्रतिक्षा गर्ने ।

    अन्त्यमा यो एउटा प्राकृतिक प्रकोप भएको कारणले गर्दा यसको आगमनका बारेमा अहिले सम्म गरिएका वैज्ञानिक खोज अनुसन्धानले समेत ठोस प्रमाणित गरेका छैन । यसकारण कुनै पनि भूगोलमा जुनसुकै समयमा पनि यस्तो प्राकृतिक दुर्घटना आउन सक्ने भएकोले सकारात्मक सोचका सामना गनु पर्दछ । 

                                                      यमन भट्टराई
                                               छत्रदेव–३,अर्घाखाँची

     

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार