शुक्रवार, पौष १६ २०७८११:५२:००
बुटवल ,
बुटवल उपमहानगरपालिका वडा नम्बर ११ कालिकापथ होराइजन चोकमा रहेको मामा मासु पसलले आपनो छुटटै ब्यवसायिक प्रतिष्ठा कमाएको दावी गर्छन युवा व्यवसायी राजु टण्डन ।
१९ वर्षदेखि बुबा दल बहादुर टण्डनले शुरु गरेको व्यवसायलाई अहिले आठ जनाको परिवारले काम गरिरहेको राजु टण्डनले बताए ।
विदेश रोजगारका लागी गएका राजुले आठ वर्षपछि आपनै देशमा ब्यवसाय गर्नुपर्छ भन्ने मनसायले बुबाले गरेको ब्यवसायमा लागेको बताए ।
मामा मासु पसलले आपनो पहिचान बनाएको र बुटवलमा पहाडी लोकल खसी,बोकाको मासु भाग लगाएर मिक्स रुपमा हरेक ग्राहकलाई समानरुपले बिक्री गर्न शुरु गर्ने पसल पहिलो भएको दावी गरे ।
गुल्मी छत्रकोट गांउपालिका वडा नम्बर २ ग्वाघामा स्थायी घर भएका टण्डन परिवारले मिहिनेत अनुसार आम्दानी सन्तोषजनक रहेको र घरपरिवार राम्रोसंग चलेको बताए ।
युवा ब्यवसायी राजुले छिट्रटै शाखा विस्तार गरिने र गुणस्तरमा ध्यान दिएको बताए ।
युवाहरुलाई राजुले विदेश नजान र आपनै देशमा काम गर्न आग्रह गरेका छन र सरकारले युवालाई नारामा मात्र सिमित नराखी व्यवहारमा लागु गरी वातावरण र्सिजना गरिदिन आग्रह गरे ।
आठ वर्षपछि स्वदेश फर्की मामा मासु पसल संचालन गरेका युवा ब्यवसायी राजु टण्डन