Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

मजदुरका सारथी तथा समाजसेवी युवा दिनेश फुल्लेल

मजदुरका सारथी तथा समाजसेवी युवा दिनेश फुल्लेल


  • 18.3K
    SHARES

  • मजदुरका सारथी तथा समाजसेवी युवा दिनेश फुल्लेल

    बुटवल,
     वि,सं २०५० देखि मजदुुर आन्दोलन तथा मजदुुरका कार्यमा निरन्तर सक्रिय सामाजिक ब्यक्तित्व दिनेश फुल्लेलले समाजसेवा गर्नुपर्छ भन्ने भावनाले आफु निरन्तर लागेको बताए ।


     सामाजिक,शैक्षिक,खेलकुद,राजनैतिक क्षेत्रमा सक्रिय फुल्लेलले दु,खी,गरिव समस्यमा परेकाको काम गरी समस्याको हल गरिदिदा आफुलाई  उत्साह मिल्ने गरेको बताए ।

     फुल्लेलले कसैले समस्या परेर सहयोग मागेमा भोलि पर्सि नभनेर तत्काल समय दिने आफनो प्राथमिकता रहेको बताए ।


    अर्घाखाचीको साविक मरेगमा जन्मेका फुल्लेल हाल तिलोत्तमा नगरपालिका तीन शंकरनगरमा स्थायी बासिन्दाको रुपमा आफनो कार्य क्षेत्र बनाएका छन ।
     उनी विभिन्न क्षेत्रमा रही काम गरेको बताए । पामिर इन्टरनेशनल एकेडेमीका संस्थापक,शंकरनगर खानेपानी तथा सरसफाई संस्थाका लेखा तथा संचालक समिति,मणिप्रभा सहकारीका संस्थापक अध्यक्ष हाल सामुहिक विकाश बचत तथा ऋण सहकारीको संचालक समिति, ब्याडमिन्टनका खेलाडी समेत रहेका फुल्लेल विभिन्न क्लव संघसंस्थामा रही काम गरेको बताए ।

     
     फुल्लेलले आफु मजदुरको सारथीको रुपमा काम गरेको बताए । यातायात तथा मजदुर भलाईकोषमा २ वर्ष सदस्य,२ वर्ष महासचिव हाल अध्यक्ष रहेर काम गरिरहेको बताए ।

    त्यस्तै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको इकाई र अंचल कमिटिको सदस्य, प्रदेश सल्लाहकार रहि काम गरेको बताए ।


     फुल्लेल सामाजिकसंगै राजनैतिक क्षेत्रमा समेत समर्पित रहेको बताए । उनी ने,क,पा एमालेको ३ कार्यकाल जिल्ला कमिटि सदस्य, युवा संघ, मजदुर जिफ्रन्ट सहइन्चार्जको जिम्मेवारी पुरा गरी भूगोलको इन्चार्ज रही हाल  ने,क,पा एमाले तिलोत्तमा नगरकमिटिको इन्चार्ज समेत रही राजनैतिक क्षेत्रमा काम गरेको बताए ।
     राजनीति पनि सामाजिक कार्य भएकाले आफु पनि अगाडी बढेको बताए ।

     आउदै गरेको स्थानीय निर्वाचनका बारेमा उनीले लामो समयदेखि आफु निरन्तर विभिन्न सामाजिक संघसंस्था स्थानीय राजनीतिमा सक्रिय रहेकाले तिलोत्तमा नगरपालिकाको नगरप्रमुखको दावेदारीका साथ पार्टीमा प्रस्तुत गरिरहेको तर पार्टीको सीमाभन्दा बाहिर नजाने बताए ।

    निरन्तर खटिएमा एक दिन समय आउने बताए । युवा फुल्लेलले राजनीतिलाई समाजसंगै अगाडी बढाउनु पर्ने र नकारात्मक विचार हटाई आफनो नैतिकता,कर्तब्य भुल्न नहुने सुझाव दिएका छन । 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार