शनिवार, माघ १ २०७८०४:०२:५१
बुटवल ,
नेपाल आयुर्वेदिक औषधी उत्पादक संघका केन्द्रिय उपाध्यक्ष तथा पण्डित आयुर्वेदिक उधोगका संचालक चन्द्रकान्त खनालले परम्परादेखि बुबा पसुराम खनालले शुरु गर्नु भएको ब्यवसायलाई आधुनिक र माग अनुसार निरन्तर १९ वर्षदेखि ब्यवसाय गरेको बताए ।
अर्घाखाचीको पाणिनी गा,पा,साविकको पालीमा जन्मिएका खनाल अहिले रुपन्देहीको तिलोत्तमा वडा नम्बर ३ शंकरनगर सिताराईमीलमा स्थायी रुपमा बसोबास गरेका छन ।
वि,सं २०६० सालदेखि संचालन भएको पण्डित आयुर्वेदिक उधोगले चुर्णजन्य तेल उत्पादन गरेको जसमा गेस्टिकको लागी आराम चुर्ण र दमको लागी अनन्त चुर्णको बजारमा माग बढिरहेको बताए ।
रुपन्देही उधोग संघका कार्यसमिति सदस्य समेत रहेका उधोगी खनालले सरकारले स्वदेशी उधोगलाई प्राथमिकता दिनुपर्ने बताए । पछिल्लोे समय कोरोना र मानिसको खानपानका कारण आयुर्वेदिक औषधीको माग बढेको बताए ।
नेपालको मौलिक जडीबुटीलाई प्रयोगमा सहज नभएकोले सरकारले स्वदेशी उधोगलाई समेट्रन नीतिमा खुकुलो बनाउनु पर्ने बताए ।
उधोगी खनालले उधोगीलाई सरकार छ भन्नै कुराको महसुस गराउनु पर्ने अहिले नारामा सिमित रहेको जसले गर्दा विदेश निर्यात गर्न नसकिएको र उल्टै बढी मुल्य तिरेर आयात गर्नु परेको गुनासो गरे ।
उधोगी खनालले आयुर्वेदिक उधोगलाई प्राथमिकता दिने हो भनी विदेशमा निर्यात गर्न सकिने तथा आत्मनिर्भर हुने बताए ।