मंगलवार, आश्विन २० २०८३१०:३६:२१
काठमाण्डौ,
देशका धेरैजसो ठाउँमा आज र भोलि पानी पर्ने महाशाखाले जनाएको छ ।
अहिले मनसुनी तथा पश्चिमी वायुको प्रभावले देशका धेरैजसो भागमा मध्यम तथा एक/दुई ठाउँमा ठूलो पानी परेको छ । भोलिसम्म एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना भए पनि लगातार झरी भने नपर्ने महाशाखाले जनाएको छ ।आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराईमा तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव कायम छ ।
कोशी, मधेस र बागमती प्रदेशका सबै भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भागमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । पर्सिदेखि क्रमिक रुपमा मौसम सुधार हुने अनुमान छ ।