Namaste Lumbini

बुधवार, आश्विन २१ २०८३Oct 07 2026

नवलपरासी पूर्व विनयी त्रिवेणीमा बस दुर्घटना,६ जनाको मृत्यु , १० जना घाइते

नवलपरासी पूर्व विनयी त्रिवेणीमा बस दुर्घटना,६ जनाको मृत्यु , १० जना घाइते


  • 745
    SHARES

  • नवलपरासी पूर्व विनयी त्रिवेणीमा बस दुर्घटना,६ जनाको मृत्यु , १० जना घाइते

    नवलपरासी ,

    नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना भएको छ ।

     बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको डिएसपी अनिल पण्डितले जानकारी दिए ।दुर्घटनामा अन्य १० जना घाइते भएका छन् ।

    नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस दुर्घटना भएर सडकबाट नालामा खसेको हो ।

    बसमा चालकसहित १८ जना सवार थिए । तीमध्ये दुई जना सकुशल रहेको डीएसपी पण्डितले बताए ।

    मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

    घाइतेलाई प्रहरीले उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाएको छ । घाइतेहरु गोरखा, अछाम, बर्दिया, बाजुरा, बाँके, ललितपुर र सल्यानका रहेका छन् ।

    सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार, दुर्घटनामा मृत्यु हुनेमा जाजरकोट, भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्री, निर्जुङ खत्री, बाँके, कोहलपुर–३ का ३२ वर्षीय दिपेन्द्र केसी, बाजुरा, स्वामीकार्तिकका ६५ वर्षीय नरेन्द्रराज गरि र बाँके, कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मीको मृत्यु भएको छ।

    यस्तै, बाँके, नेपालगंज–७ का २२ वर्षीय कृष कनौजिया र नामथर वतन नखुलेको ४०–४२ वर्षका पुरुषको पनि घटनास्थलमै मृत्यु भएको हो।

    घाइतेहरुको नवलपरासी र चितवनका अस्पतालहरुमा उपचार जारी छ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार