मंगलवार, आश्विन २० २०८३१०:०८:०२
काठमाडौं ,
न्याय परिषद्को बैठक आज बस्दैछ।
सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्ने तयारीसहित परिषद्को बैठक बोलाइएको हो।
प्रधानन्यायाधीश मनोजकुमार शर्माले दिउँसो १ बजेका लागि बैठक बोलाएका छन्। बैठकमा सर्वोच्च अदालतमा रिक्त चार न्यायाधीश पदमा नियुक्तिका लागि नाम सिफारिस गर्ने विषयमा छलफल हुने स्रोतले जनाएको छ।
सर्वोच्च अदालतमा हाल चार न्यायाधीश पद रिक्त छन्। ती पदमा नियुक्तिका लागि परिषद्ले सम्भावित उम्मेदवारमाथि छलफल गरी सिफारिस गर्ने तयारी गरेको हो।
प्रधानन्यायाधीश अध्यक्ष रहने न्याय परिषद्मा कानूनमन्त्री सोविता गौतम, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, महेशकुमार नेपाल र दामोदर खड्का सदस्य छन्।