मंगलवार, आश्विन २० २०८३०९:२९:२९
काठमाडौँ ,
नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि सभापतिमा गगनकुमार थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरको उम्मेदवारी परेको छ ।
यसैगरी वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, उपसभापति (महिला) मा पुष्पा भुसालले मात्र उम्मेदवारी दर्ता गराएका छन् । उपसभापति खुलामा डा चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा चन्द्रमोहन यादवको उम्मेदवारी परेको छ ।
समावेशी उपसभापतिमा जीवन परियार, बिनोद चौधरी, फर्मुल्लाहा मन्सुर, सीता गुरुङ र रन्जित कर्णको उम्मेदवारी परेको छ । खुला महामन्त्रीमा प्रदीप पौडेल, गुरुराज घिमिरे, उदय शमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शङ्कर तिवारी, डा सुनिल शर्मा र डा सन्तोष उपाध्यायले उम्मेदवारी दर्ता गराएका छन् ।
महामन्त्री महिलामा डा डिला संग्रौला, डिना उपाध्याय र रिता खनालको उम्मेदवारी परेको छ ।
सभापतिमा तीन जना, वरिष्ठ उपसभापति र महिला उपसभापतिमा एक/एक जना, खुला उपसभापतिमा नौ जना, समावेशी उपसभापतिमा पाँच जना, खुला महामन्त्रीमा आठ जना र महिला महामन्त्रीमा तीन जनाको उम्मेदवारी परेको हो ।