Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

सिद्धार्थ गौतमबुद्ध क्याम्पसद्धारा विद्यार्थीलाई प्रविधिको प्रयोग गरी अध्ययन सहित रोजगारको ब्यवस्था 

सिद्धार्थ गौतमबुद्ध क्याम्पसद्धारा विद्यार्थीलाई प्रविधिको प्रयोग गरी अध्ययन सहित रोजगारको ब्यवस्था 


  • 6.2K
    SHARES

  • सिद्धार्थ गौतमबुद्ध क्याम्पसद्धारा विद्यार्थीलाई प्रविधिको प्रयोग गरी अध्ययन सहित रोजगारको ब्यवस्था 

    बुटवल

    बुटवल उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको सिद्धार्थ गौतमबुद्ध क्याम्पसले गुणस्तरीय शिक्षा मार्फत सक्षम मानव संशोधनको विकास गरी समाज र देश सेवाका लागी हस्तान्तरण गर्ने उद्देश्यका साथ शिक्षामा जोड दिएको सिद्धार्थ गौतमबुद्ध क्याम्पसका क्याम्पस प्रमुख गोपाल प्रसाद चापागाईले बताउनुभयो ।

    साथै क्याम्पसले प्रविधिको प्रयोग गरी अध्ययन सहित रोजगारको ब्यवस्था गरेर विद्यार्थीलाई छात्रबृति तथा निशुल्क बृतिको ब्यवस्था समेत क्याम्पसमा रहेको सहायक क्याम्पस प्रमुख रामनाथ उपाध्यायले बताउनुभयो । क्याम्पसले सोमबार कक्षा १२ उत्तिर्ण भएका विद्यार्थीलाई बधाई तथा सम्मान गरेको छ।

    29si2ff.jpg

    बधाई तथा सम्मान कार्यक्रम क्याम्पस प्रमुख गोपाल प्रसाद चापागाईको अध्यक्षतामा भएको थियो ।

    कार्यक्रममा बोल्दै विद्यार्थीले लगनशील,अनुशासनमा रहेर आफनो अध्ययनलाई पुरा गरी घरपरिवार,समाज र देशको सेवामा योगदान दिने तर्फ अगाडी बढ्न सुझाव दिनुभयो ।

    29si3fff.jpg

    बधाई तथा सम्मान कार्यक्रममा सहायक क्याम्पस प्रमुख रामनाथ उपाध्याय , अर्का सहायक क्याम्पस प्रमुख कृष्ण खनाल ,विभागिय प्रमुख रिता रेग्मी लगायतको सहभागिता रहेको थियो ।

    कार्यक्रमको संचालन अतिरिक्तक्रियाकलाप समिति संयोजक तिर्थराज काफ्लेले  गर्नुभयो ।

     

     

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार