मंगलवार, मंसिर १ २०८३१०:२३:१०
काठमाडौं,
शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाका लागि दरखास्त आह्वान गरेको छ ।
आयोगले मंगलबार सूचना जारी गर्दै आवश्यक न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारबाट मंसिर ७ गतेदेखि अनलाइन आवेदन माग गरेको हो ।
आयोगका अनुसार उम्मेदवारले पुस ७ गते राति १२ बजेसम्म नियमित दस्तुरमा आवेदन दिन सक्नेछन् । उक्त अवधिमा आवेदन दिन छुटेकाले दोब्बर दस्तुर तिरेर पुस १४ गते राति १२ बजेसम्म दरखास्त पेस गर्न पाउनेछन् ।
अनलाइन आवेदनका क्रममा उम्मेदवारले हालसालै खिचेको नागरिकतामा प्रयोग भएको फोटो, हस्ताक्षरको नमुना, न्यूनतम शैक्षिक योग्यताको लब्धाङ्कपत्र र तालिमको प्रमाणपत्र लगायत आवश्यक कागजात अपलोड गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।