Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

होराइजन गौतम बुद्ध सेकेन्डरी स्कुल कक्षा ११ मा अध्ययनरत नव आगन्तुक विद्यार्थीको स्वागत

होराइजन गौतम बुद्ध सेकेन्डरी स्कुल कक्षा ११ मा अध्ययनरत नव आगन्तुक विद्यार्थीको स्वागत


  • 301
    SHARES

  • होराइजन गौतम बुद्ध सेकेन्डरी स्कुल कक्षा ११ मा अध्ययनरत नव आगन्तुक विद्यार्थीको स्वागत

    तिलोत्तमा,

      रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १ मा रहेको होराइजन गौतम बुद्ध सेकेन्डरी स्कुलले कक्षा ११ मा अध्ययनरत नव आगन्तुक विद्यार्थीको स्वागतमा आयोजना गरेको ‘स्वागत समारोह–२०८३’ शैक्षिक उपलब्धिको सम्मान, विद्यार्थी प्रतिभा प्रदर्शन र सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न भएको छ।

    कार्यक्रममा विद्यार्थीले शैक्षिक, सांस्कृतिक तथा सिर्जनात्मक क्षेत्रमा हासिल गरेका उपलब्धि प्रस्तुत गरेका थिए। कक्षा १२ विज्ञान विषयसमूहमा अध्ययनरत छात्रा वाणी फुल्लेलको सभाध्यक्षता रहेको उक्त कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका प्रशासनिक अधिकृत कमलप्रसाद अर्याल मुख्य अतिथि,

    विशिष्ट अतिथि तिलोत्तमा नगरपालिका शिक्षा विभागका वरिष्ठ शिक्षा अधिकृत धनीप्रसाद शर्मा, नेपाल अभिभावक संघ केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष लोकनाथ ज्ञवाली, क्षेत्रीय सदस्य हेम थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र प्रसाद कसजू श्रेष्ठ, न्यु होराइजन क्याम्पसका क्याम्पस प्रमुख लोकनाथ उपाध्याय, न्यु होराइजन मा.वि.का प्राचार्य बासुदेव अर्याल, क्षितिज कलेजका उपप्राचार्य राजेन्द्र लम्साल, बुटवल मोडेल कलेजका प्राचार्य डा. नेत्रप्रसाद बस्याल, तिलोत्तमा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष फर्सुराम गिरी, होराइजन संस्था अन्तर्गतका विभिन्न निकायका प्रमुखहरू, विद्यालय सञ्चालक, पत्रकार, प्राध्यापक, अभिभावक, कर्मचारी, विद्यार्थी एवम् शिक्षकहरूको उपस्थिति रहेको थियो।

    hhss0fff.jpg

    कार्यक्रममा कक्षा १२ को बोर्ड परीक्षामा ३.९६ जीपीए हासिल गर्दै उत्कृष्ट नतिजा ल्याउने कृष्टि जैसवाल र मयंक भुसाललाई गोल्ड मेडल प्रदान गरिएको थियो। एमबीबीएस प्रवेश परीक्षामा १३औँ स्थान हासिल गर्ने आदर्श सापकोटा र अरुणा घिमिरेलाई सम्मान गरिएको थियो।

    त्यसैगरी, इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) अन्तर्गत पूर्ण छात्रवृत्ति प्राप्त गर्ने १२ जना विद्यार्थीको उपलब्धिको प्रशंसा गरिएको थियो। ‘आइडियल स्टुडेन्ट अवार्ड–२०८३’ अन्तर्गत कक्षा ११ र १२ का छ जना विद्यार्थीलाई जनही १० हजार रुपैयाँ नगद छात्रवृत्ति पुरस्कार प्रदान गरिएको कुरा शैक्षिक निर्देशक लक्ष्मणप्रसाद गौतमले बताउनुभयो।

    कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड, प्रादेशिक परीक्षा व्यवस्थापन कार्यालय, बुटवलका शाखा अधिकृत कमलप्रसाद अर्यालले विद्यार्थीको सफलताका लागि विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्य महत्वपूर्ण हुने बताएका थिए। उनले परीक्षाको नतिजासँगै व्यावहारिक ज्ञान, अनुशासन र जिम्मेवारीबोधलाई पनि शिक्षाको अभिन्न हिस्सा बनाउनुपर्नेमा जोड दिएका थिए।

    विशिष्ट अतिथि तिलोत्तमा नगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत धनीप्रसाद शर्माले शिक्षण संस्थाले विद्यार्थीको क्षमता पहिचान गरी त्यसलाई प्रस्फुटन हुने अवसर दिनुपर्ने धारणा राखेका थिए। वडा नं. १ का अध्यक्ष फर्सुराम गिरी, नेपाल अभिभावक संघ केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष लोकनाथ ज्ञवालीले अतिथिले विद्यालयको शैक्षिक योगदानको प्रशंसा गर्दै विद्यार्थीको उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरेका थिए।

    hgs2ff.jpg

    विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्यले शुभकामना मन्तव्य राख्दै विद्यालयले शैक्षिक गुणस्तर, अनुशासन, अतिरिक्त क्रियाकलाप र विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै आएको बताएका थिए। उनले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी नेतृत्व, सिर्जनशीलता र व्यावहारिक सीप विकासमा समेत विद्यालयले जोड दिएको उल्लेख गरेका थिए।

    66hhsff.jpg

    कार्यक्रममा विद्यार्थीले आफ्ना अनुभव र अनुभूति पनि प्रस्तुत गरेका थिए। उनीहरूले विद्यालयमा प्राप्त शैक्षिक वातावरण, शिक्षकको सहयोग र अतिरिक्त क्रियाकलापमा सहभागी हुने अवसरले आत्मविश्वास तथा व्यक्तित्व विकासमा सहयोग पुगेको बताएका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्षले संस्थागत एकता, शिक्षक–अभिभावकको सहकार्य र विद्यार्थीको मेहनत नै विद्यालयको प्रगतिको आधार भएको धारणा राखेका थिए।

    कार्यक्रमको सांस्कृतिक प्रस्तुतिअन्तर्गत ३५ वटा समूहगत तथा एकल प्रस्तुति समावेश गरिएको थियो।

    hgs4ff111.jpg

    मनोज सापकोटा र रुद्र भुसालको संयोजनमा सम्पन्न सांस्कृतिक कार्यक्रममा नेपाली तथा हिन्दी गीतका रिमिक्स, तामाङ सेलो, मारुनी, पटकोके झोरा, गायन र हास्य प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए।

    राष्ट्रिय कलाकार अर्जुन सापकोटाको प्रस्तुतिले कार्यक्रमको माहोल थप उत्साहपूर्ण र आकर्षक बनेको थियो। विद्यार्थीका नृत्य, गायन तथा अभिनयले उनीहरूमा रहेको विविध प्रतिभा उजागर गरेको थियो।

    कार्यक्रमकै अवसरमा होराइजन गौतम बुद्ध एलुम्नाई फोरम (एचजीबीएएफ) का २१ जना सदस्यलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। फोरमको अन्तरिम समितिको अध्यक्षमा किरण तिवारी, उपाध्यक्षमा स्विकार गिरी, सचिवमा प्रकाश खनाल, कोषाध्यक्षमा सुस्मिता पराजुली र सहसचिवमा सदीक्षा पौडेल रहेका थिए।

    स्वागत समारोह समितिका संयोजक एवम् विद्यालयका उपप्राचार्य इन्द्रप्रसाद भुसालले स्वागत मन्तव्य राख्दै नर्सरीदेखि कक्षा १२ सम्म सञ्चालनमा रहेको होराइजन गौतम बुद्ध सेकेन्डरी स्कुलमा करिब तीन हजार आठ सय विद्यार्थी र दुई सय ६० शिक्षक तथा कर्मचारी कार्यरत छन्। विद्यालयले शैक्षिक उपलब्धिसँगै विद्यार्थीको प्रतिभा, नेतृत्व क्षमता र सांस्कृतिक पहिचान विकासलाई पनि शिक्षाको महत्त्वपूर्ण पक्षका रूपमा अघि बढाउँदै आएको कुरा बताए।

    मूल समारोहका उपसंयोजक तथा विद्यालयका संस्थापक डा. नारायणप्रसाद पन्थले विद्यार्थीहरूमा अन्तरनिहित क्षमतालाई उजागर गर्ने सन्दर्भमा राष्ट्रिय गायक अर्जुन सापकोटालाई आमन्त्रण गरिएको बताए।

    नयाँ विद्यार्थीको स्वागतसँगै उत्कृष्ट विद्यार्थीको सम्मान र सांस्कृतिक प्रस्तुतिसमेत समेटिएको कार्यक्रमले 

    विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापको पक्षलाई एकै मञ्चमा प्रस्तुत गरेको थियो।

    hgs5fff.jpg

    कार्यक्रमको सञ्चालन डा. मुरारि पराजुलीको संयोजनमा सुमित भट्टराई, कृष्टना सापकोटा, अनमोल राना, प्रयाश कार्कीले गरेको कुरा प्रशासकीय अधिकृत मुकुन्द भट्टराईले जानकारी दिए।

     

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार