सोमवार, आषाढ ८ २०८३०६:५९:१३
बुटवल,
बुटवल कालिका क्याम्पस र काठमाण्डौंमा रहेको सेन्ट्र्ल कलेज बीच शैक्षिक गुणस्तर सम्बन्धी छलफल सम्पन्न भएको छ ।
सोमबार बुटवल कालिका क्याम्पसमा अनुसन्धानमा आधारित शिक्षाका लागी सहकार्य गर्ने विषयमा छलफल भएको बुटवल कालिका क्याम्पसका प्राचार्य घनश्याम पाठकले बताउनु भयो ।
छलफलमा बुटवल कालिका क्याम्पसका प्राचार्य घनश्याम पाठक,सहप्रार्चाय महेश पाण्डेय,कार्यक्रम संयोजक बुद्धिराम चौधरी,प्रशासन प्रमुख कमल ढकाल र काठमाण्डौंमा रहेको सेन्ट्ल कलेजका तर्फबाट सेन्ट्ल कलेजका सहप्रार्चाय गणेश बुढाथोकी,एकडेमी डाइरेक्टर विनोद अधिकारी,गोपालकृष्ण न्यौपाने,आदर्श रिजाल लगायतको सहभागीतामा शैक्षिक गुणस्तर सम्बन्धी छलफल सम्पन्न भएको बुटवल कालिका क्याम्पसका प्रशासन प्रमुख कमल ढकालले बताउनुभयो ।