पाल्पा,
लायन्स क्लव अफ तिलोत्तमा स्टार्सद्धारा पाल्पाको मरामकोटमा रहेको श्री भुमिशाला आधारभुत बिद्यालय अध्ययनरत गरिव तथा जेहेनदार बिद्यार्थीहरलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
तिनाउ गाँउपालिका वडा नं.५,मरामकोट स्थीत श्री भुमिशाला आधारभुत बिद्यालय अध्ययनरत गरिव तथा जेहेनदार बिद्यार्थीहरलाई शैक्षिक सामाग्री वितरण तथा स्वच्छ खानेपानी जार हस्तान्तरण गरेको हो ।
क्लवका बर्ष २०२५/०२६ का अध्यक्ष लायन रमेश कुमार पराजुलीको अध्यक्षता जिल्ला शिक्षा समन्वय ईकाई पाल्पाका लेखा अधिकृत तुल्सीराम घिमिरेको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन बहादुर दर्लामी,प्राचार्य जोगबहादुर आले,क्लवका संस्थापक अध्यक्ष लायन लक्ष्मी थापा, उपाध्यक्ष लायन प्रतिक पाण्डेयले मन्तव्य राख्नु भएको थियो ।

बिद्यालयमा अध्यनरत जेहेन्दार बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेकोमा लायन्स क्लव अफ तिलोत्तमा स्टार्स परिवारलाई धन्यबाद दिनुभयो ।
क्लवका अध्यक्ष लायन रमेश कुमार पराजुलीले लायन्स एक ठाउँमा मात्र सिमित नभएर देशै बिभिनन स्थानहरुमा सामाजीक कार्यमा अग्रसर भई रहेको र आगामी दिनमा मरामकोटको पर्यटन बिकाशमा सहयोगी भएर कार्य गर्न तत्पर रहेको बताउनु भयो ।

कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी ,अभिभावक संघ,स्थानिय संघ संस्थाका प्रतिनिधी,देवदह नगरपालिकाका लेखा अधिकृत हरी प्रसाद रिजाल,लायन्स क्लव अफ तिलोत्तमा स्टार्सका पदाधिकारीको उपस्थिती रहेको उक्त कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष लायन राम प्रसाद पौडेलको स्वागत तथा सचिव लायन पिताम्बर खनालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।