Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

लुम्बिनी बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न,शैक्षिक विकासमा निजी क्षेत्रको भूमिका उल्लेख्य  रहेको उपप्रमुख अर्याल

लुम्बिनी बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न,शैक्षिक विकासमा निजी क्षेत्रको भूमिका उल्लेख्य  रहेको उपप्रमुख अर्याल


  • 15.2K
    SHARES

  • लुम्बिनी बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न,शैक्षिक विकासमा निजी क्षेत्रको भूमिका उल्लेख्य  रहेको  उपप्रमुख  अर्याल
     
    बुटवल,
     
    बुटवल–३, चिडियाखोला सहस्रपथमा रहेको लुम्बिनी बोर्डिङ स्कुलको ३२ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ ।
    प्रमुख अतिथि  बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले देशको समग्र शैक्षिक विकासमा निजी क्षेत्रको भूमिका उल्लेख्य  रहेको कुरा बताउनुभयो ।
    lb1fff.jpg
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दयाराम बस्यालको अध्यक्षता र बुटवल उपमहानगरपालिकाकी उप प्रमुख सबित्रा अर्यालको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रममा रुपन्देही उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुली, विद्यालयका प्राचार्य एवम् प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डे, प्याब्सन रुपन्देहीका अध्यक्ष दिपक खनाल,प्याब्सन बुटवलका अध्यक्ष मित्रहरि आचार्य, अभिभावक, शिक्षक लगायत पत्रकारहरूको उपस्थिति रहेको थियो । 
    lb4fff11.jpg
    विद्यालयको वार्षिकोत्सव कार्यक्रममा पूर्व प्राथमिक कक्षा देखि १० कक्षासम्मका विद्यार्थीहरूले विभिन्न खालका आकर्षक नृत्यहरु, गीत, तेक्वान्डो लगायत आ–आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए ।
    सोही समारोहमा विद्यालयभन्दा बाहिर राष्ट्रिय, जिल्लास्तरीय, नगरस्तरीय लगायत विभिन्न संघ संस्थाद्वारा आयोजित बिभिन्न प्रतियोगिताहरूमा सहभागी भई उत्कृष्ट स्थान हाँसिल गरी विद्यालयको गरिमालाई उच्च राख्ने विद्यार्थीहरू सम्मानित भएका थिए ।
    lb6fff.jpg
    त्यसै गरी शैक्षिक वर्ष २०८१ मा विद्यालयबाट एस.ई.ई. परीक्षामा सम्मिलित भई सत प्रतिशत नतिजा हाँसिल गर्न सफल विद्यार्थीहरु सम्मानित हुनुको साथै कक्षा नर्सरीदेखि कक्षा ९ सम्म वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई पुरस्कारसहित सम्मान गरिएको थियो ।
    विद्यालयका सह प्राचार्य एवम् विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष कौशलराज बस्यालले स्वागत मन्तव्य एवम् कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको सोही समारोहमा मणिमुकुन्द कलेजका सञ्चालक एवम् सह–प्राचार्य दिवाकर खनाल, विहानी संयोजक पशुपति चौधरी, बि.बि. एस. संयोजक दिनेश पाण्डे, उपाध्यक्ष उमापति न्यौपाने, विद्यालय संयोजक हरि पौडेल, लुम्बिनी बोर्डिङ स्कुल व्यवस्थापन समितिका सल्लाहकार डा. सालिकराम पौडेललगायतको उपस्थिति रहेको थियो ।
    lb5fff.jpg
    उक्त कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुली, रुपन्देही उद्योग बाडिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, प्याब्सन बुटवलका अध्यक्ष मित्रहरि आचार्य लगायतले विद्यालयका गतिविधिलाई प्रशंसा गर्नुका साथै देशकै शैक्षिक अवस्थाका बारेमा आआफ्ना धारणाहरू राख्नुभएको थियो भने सोही कार्यक्रमको सञ्चालन शिक्षक सुदिप बस्यालले गर्नुभएको थियो । 
     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार