Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

राममणि बहुमुखी क्याम्पसमा स्वव्यवस्थापन र वृत्ति विकाश तथा शिक्षण अध्यापन अनुमति पत्र सम्बन्धी तालिम सम्पन्न

राममणि बहुमुखी क्याम्पसमा स्वव्यवस्थापन र वृत्ति विकाश तथा शिक्षण अध्यापन अनुमति पत्र सम्बन्धी तालिम सम्पन्न


  • 5.8K
    SHARES

  • राममणि बहुमुखी क्याम्पसमा स्वव्यवस्थापन र वृत्ति विकाश   तथा शिक्षण अध्यापन अनुमति पत्र सम्बन्धी  तालिम  सम्पन्न

    मणिग्राम ,

    रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा दुई छुट्टाछुट्टै कार्यक्रम सम्पन्न भएका छन् ।

    क्याम्पसको स्नातक तहमा अध्ययनरत विद्यार्थीका लागि लोक सेवा आयोग तयारीमा स्वव्यवस्थापन र वृत्ति विकाश कार्यक्रम आज (सोमबार) सम्पन्न भएको छ।

    विद्यार्थी परामर्श तथा रोजगार व्यवस्थापन एकाईको आयोजनामा भएको कार्यक्रममा स्नातक तहका बी.ए., बी.एड.र बी.बी.एस. का १६७ जना इच्छुक विद्यार्थी सहभागी भएका उपप्राध्यापक केशरचन्द्र भण्डारीले जानकारी दिनुभयो ।  

    mk1fff.jpg

    एकाईका संयोजक भिमलाल घिमिरेको अध्यक्षता तथा सदस्य नम्रता पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले विद्यार्थीको वृत्ति विकाशमा क्याम्पसले विभिन्न कार्यक्रम गर्ने गरेको बताउनुभयो ।

    mk2fff.jpg

    सो अवसरमा चैतन्य एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशी र बुटवल संयोजक दीपक ढकालले विद्यार्थीलाई प्रशिक्षण दिनुभएको थियो ।

    त्यसैगरी,

     दुई दिने शिक्षण अध्यापन अनुमति पत्र सम्बन्धी दुई तालिम पनि क्याम्पसमा सम्पन्न भएको छ ।

    शिक्षा तथा समाजशास्त्र विभागका प्रमुख मधुसुदन खनालको अध्यक्षतामा आयोजित कार्यक्रमबीच पूर्व सह–सचिव थानेश्वर ज्ञवाली र लुम्बिनी प्रदेश शिक्षा मन्त्रालयका उप–सचिव हरिप्रसाद अर्यालले प्रशिक्षण दिनुभएको थियो ।

    mk3fff.jpg

    शिक्षण पेशामा प्रवेश गर्न इच्छुक विद्यार्थीेका लागि आयोजिता तालिममा बोल्दै क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले अध्ययनसँगै विद्यार्थीको वृत्ति विकाशका लागि तालिमको आयोजना गरिएको बताउनुभयो ।

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार