Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

एसईईको पूरक परीक्षा तालिका सार्वजनिक,साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन हुने

एसईईको पूरक परीक्षा तालिका सार्वजनिक,साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन हुने


  • 1.4K
    SHARES

  • एसईईको पूरक परीक्षा तालिका सार्वजनिक,साउन २९ देखि भदौ ६ गतेसम्म  सञ्चालन हुने

    काठमाडौँ,

     राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ। 

    सूचना अनुसार  प्रकाशित नतिजामा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुस्थित  भएका सबै परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छन्। 

    परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ। यो वर्ष एसइईमा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ।

    २०८१ को चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए। 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार