Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

काठमाण्डौमा मुख्य कार्यालय रहेको गुरुकुल कमर्स एकेडेमी (गुरुकुल सिए)को शाखा तिलोत्तमाको ड्राइभरटोलमा विस्तार

काठमाण्डौमा मुख्य कार्यालय रहेको गुरुकुल कमर्स एकेडेमी (गुरुकुल सिए)को शाखा तिलोत्तमाको ड्राइभरटोलमा विस्तार


  • 2.1K
    SHARES

  • काठमाण्डौमा मुख्य कार्यालय रहेको  गुरुकुल कमर्स एकेडेमी (गुरुकुल सिए)को   शाखा  तिलोत्तमाको ड्राइभरटोलमा विस्तार

    बुटवल ,

    गुरुकुल कमर्स एकेडेमी (गुरुकुल सिए) ले रुपन्देहीको तिलोत्तमा ड्राइभरटोलमा शाखा विस्तार गरेको छ ।

    चार्टर्ड एकाउन्टेन्सी अध्यापनमा उत्कृष्ट शैक्षिक संस्थाका रुपमा स्थापित गुरुकुल सिएले तिलोत्तमाको ड्राइभरटोलमा आफ्नो तेस्रो शाखा विस्तार गरेको हो ।

    ci2ff.jpg

    काठमाण्डौको बानेश्वरमा मुख्य कार्यालय रहेको गुरुकुल सिएले यसअघि चितवन र विराटनगरमा शाखा संचालनमा ल्याइसकेको र शुक्रबारदेखि रुपन्देहीमा तेस्रो शाखा संचालनमा ल्याएको हो ।

    ड्राइभरटोलमा शाखाको शुभारम्भ गर्दै संस्थाका निर्देशक तथा प्रमुख सिए मेघराज अर्यालले चार्टर्ड एकाउन्टेन्सी (सिए) अध्ययन गर्न चाहने विद्यार्थीकालागि गुरुकुल उपयुक्त संस्था भएको बताउनुभयो ।

    ci3ff.jpg

    उहाँले सिए अध्ययन र पास आउटकालागि रुपन्देही बाहिर जाने विद्यार्थीको बाध्यतालाई कम गर्नकालागि रुपन्देहीको ड्राइभर टोलमा शाखा शुभारम्भ गरिएको उल्लेख गर्दै बुटवल बाहिर अध्ययनकालागि जाने विद्यार्थीहरुलाई सहज हुने विश्वास ब्यक्त गर्नुभयो ।

    कार्यक्रममा संस्थाका निर्देशक सिए मुकुल भट्टले गुरुकुलमा क्याप वान, क्याप टु र क्याप थ्रीको पढाई अनलाईन माध्यमबाट हुने र अनलाईन अध्यापनकालागि दक्ष र अनुभवी शिक्षकहरु रहेको बताउनुभयो । उहाँले बानेश्वरबाट संचालन हुने अनलाईन कक्षा मुलुकका चारवटै शहरमा संचालन भइ रहेको उल्लेख गर्दै ड्राइभर टोलमा विभिन्न सिफ्टमा दैनिक एकसय ८० जना विद्यार्थीले अध्ययन गर्न सक्ने क्षमता रहेको समेत बताउनुभयो । 

    ci4ff.jpg

    कार्यक्रममा निर्देशक तथा सिए अरुण अर्यालले उत्कृष्ट नतिजा ल्याउने र जेहन्दार विद्यार्थीलाई छात्रवृति समेत संस्थाले दिदै आएको बताउनुभयो । उहाँले उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सत् प्रतिशत छात्रवृति समेत दिइने गरेको उल्लेख गर्दै नगद समेतबाट पुरस्कृत हुने गरेको जानकारी दिनुभयो ।

    ci6ff.jpg

    ड्राइभरटोल शाखाका प्रोग्राम कोर्डिनेटर रोजन न्यौपाने बुटवलमा केन्द्रीय कार्यक्रम अन्तरगतनै शाखा विस्तार गरिएको र बुटवल, भैरहवा, तिलोत्तमाबाट सिए अध्ययनकालागि विद्यार्थीलाई ड्राइभरटोल शाखा उपयुक्त स्थान हुने बताउनुभयो।  

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार