शुक्रवार, चैत्र १५ २०८११२:१९:०८
काठमाडौँ ,
माध्यामिक शिक्षा परीक्षा (एसईई) आज शुक्रबारबाट सम्पन्न भएको छ ।
चैत ७ गतेदेखि सुरु भएको परीक्षा सम्पन्न भएको हो।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसईईमा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भए । गएको वर्ष २०८० को एसइईमा चार लाख ६४ हजार ७८५ जना परीक्षार्थी सहभागी भएका थिए ।
बोर्डले यस वर्ष असार ७ गतेभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने गरी काम गर्ने बताएको छ ।