Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

एसईई परीक्षाको तालिका सार्वजनिक ,चैत ७ गतेदेखि सुरु हुने

एसईई परीक्षाको तालिका सार्वजनिक ,चैत ७ गतेदेखि सुरु हुने


  • 1.5K
    SHARES

  • एसईई परीक्षाको तालिका सार्वजनिक ,चैत ७ गतेदेखि सुरु हुने

    काठमाडौं ,

    २०८१ सालको एसईई परीक्षाको तालिका सार्वजनिक भएको छ ।

    परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सार्वजनिक गरेको तालिका अनुसार एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुनेछ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ ।

    यस दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुनेछ ।

    दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुने छ । यस दिन गैरनेपाली विद्यार्थीहरुका लागि अंग्रेजी (इलेक्टिभ इङ्गलिस) को परीक्षा हुनेछ ।

    चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयको तालिकामा उल्लेख छ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार