Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

श्री ज्योति आधारभूत विद्यालयको विज्ञान प्रयोगशाला र पुस्तकालय उद्घाटन तथा सम्मान

श्री ज्योति आधारभूत विद्यालयको विज्ञान प्रयोगशाला र पुस्तकालय उद्घाटन तथा सम्मान


  • 5.9K
    SHARES

  • श्री ज्योति आधारभूत विद्यालयको विज्ञान प्रयोगशाला र पुस्तकालय उद्घाटन तथा सम्मान

    बुटवल,


    रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर आठमा रहेको श्री ज्योति आधारभूत विद्यालयको विज्ञान प्रयोगशाला र पुस्तकालय उद्घाटन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

    jbaaaaff.jpg

    मंगलबार तिलोत्तमा नगरपालिका वडा नम्बर आठमा ज्योतिनगरमा रहेको श्री ज्योति आधारभूत विद्यालयको विज्ञान प्रयोगशाला र पुस्तकालय उद्घाटन तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

    jb5ff.jpg

    विज्ञान प्रयोगशाला र पुस्तकालय तथा सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख  रामकृष्ण

    खांणले कुनै पनि बालबालिका आर्थिक अवस्थाका कारण शिक्षाबाट बन्चित हुन नपरोस भनेर नगरपालिकाले सामुदायिक विद्यालयमा  बजेट छुट्रयाएको र आफुले पनि तलब नलिएर त्यो रकम बालबालिकालाई छात्रबृत्ति  सहयोग गरेको र समाजका हरेकले एकजुट भएर सहकार्य गरी नगरपािलका अगाडी बढेको बताउनुभयो ।

    नगरप्रमुख खांणले अहिले मानवीय नैतिकसंगै भौतिक विकासको आवश्यकता रहेको बताउनु भयो ।

    jb4ff.jpgकर्यक्रम विद्यालय ब्यवस्थापन संचालक समितिका अध्यक्ष नविनराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा ब्यवस्थापन संचालक समितिका  पुर्व अध्यक्ष कविराम अर्याल,करहिया सामुदायिक वनका अध्यक्ष हरिलाल पाण्डेय,प्रा,डा,बाबुराम ज्ञवाली,समाजसेवी सहयोगदाता तुल्सीराम खरेल,पुर्व शिक्षक गिरिराज भट्टराई लगायलले बोल्दै शिक्षाले परिवार,समाज र देशैकालागी परिवर्तन गर्ने हुदा सबै हातेमालो गरी अगाडी बढ्नु पर्ने सुझाव दिए ।

    jb3ff.jpgकार्यक्रममाको संचालन विद्यालयका प्रधानाध्यापक दिल बहादुर थापाले र स्वागत विद्यालयका सहप्रधानाध्यापक सरस्वती पाण्डेयले गर्नु भएको थियो ।

    jb6ff.jpg

    नगरपालिकाको आर्थिक सहयोग र विद्यालयको कोषबाट करिव चौध लाखको लगानीमा विद्यालयको विज्ञान प्रयोगशाला र पुस्तकालय बनेको विद्यालयले जनाएको छ ।

    jb7ff.jpg
    त्यस्तै कार्यक्रममा पुर्व शिक्षक,सहयोगदाता लगायतलाई सम्मान गरिएको  शिक्षक रमेश पाण्डेयले बताउनुभयो ।

    विं, संं, २०२५ सालका स्थापना भएको विद्यालयमा हाल आठ कक्षासम्म अध्यापन हुदै आएको छ ।

     

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार