शुक्रवार, श्रावण ४ २०८१०९:२५:२६
तिलोत्तमा,
लायन्स क्लब अफ तिलोत्तमा स्टार्सले श्री सत्य लक्ष्मी आधारभुत बिद्यालय पश्चिम पौनी तिलोत्तमा ६ मा बृक्षारोपण तथा बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेको छ ।
बृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातीको फुलका ४० प्रकारका बिरुवा रोपेको कार्यक्रम संयोजक लायन रमेश पराजुलीले जानकारी दिनु भयो ।
त्यसै विद्यालयमा अध्यनरत कक्षा नर्सरी देखि कक्षा ५ सम्मका ८० जना विद्यार्थीलाइ क्लब अध्यक्षको बैनीको छोरी आरुषिको जन्मदिनको अवसरमा आर्थिक सहयोग प्राप्त गरी कपि कलम लगाएयतको शैक्षिक सामाग्री बितरण गरेको कार्यक्रम संयोजक लायन रत्ना रिजालले जानकारी दिनु भयो ।

क्लबका अध्यक्ष बिना पौडेल क्षेत्रीको अध्यक्षता, सचिव लायन दीपा पाण्डे गौतमको सञ्चालनमा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाको उपप्रमुख जागेश्वरिदेबि चौधरी प्रमुख अतिथिको रुपमा बोल्दै तिलोत्तमा नगरपालिकाको साप्ताहिक कार्यक्रममा ५००० ओटा बिरुवा लगाउने लक्ष्य रहेको बताउदै थप सहयोग पुगेको बताउनु भयो र लायन्सको अन्य सामाजिक कार्यहरुमा सहकार्य गर्दै अगाडि बढने जानकारी दिनु भयो ।
लायन्स क्लबका डिष्ट्रिक ३२५ पी GST कोर्डिनेटर MJF लायन आशिष् कृष्ण श्रेष्ठ, रहेको एरिया ३ का चिफ MJF लायन शान्ति पाठक पाण्डे, वेदमूर्ति बालगुरू विष्णु कश्यप लगाएतको बिशिष्ट आतिथ्यता रहेको कार्यक्रममा विद्यालय ब्यवस्थापन अध्यक्ष देवि भुसाल, विद्यालय प्रध्यानापक रमेश पाठक, सस्थापक अध्यक्ष लायन लक्ष्मि थापा लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा एरिया चिफ MJF लायन शान्ती पाठकले जहाँ दुख्छ त्यहा लायन्स पुग्छ भन्दै यो कार्य सराहनिय रहेको बताउनु भयो ।त्यस्तै विद्यालयको तर्फबाट समितिका अध्यक्षले लायन्सको यस किसिमको सहयोगले विद्यार्थीको र विद्यालयको शैक्षिक उन्नतीमा सहयोग पुगेको बताउनु भयो ।
क्लबका उपाध्यक्ष तथा बृक्षारोपण कार्यक्रममा संयोजक लायन रमेश कुमार पराजुलीको स्वागतमा र शैक्षिक सामाग्री बितरण कार्यक्रमको संयोजक लायन रत्ना रिजालको धन्यवादमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology