शुक्रवार, आषाढ १४ २०८१०५:२३:५६
बिर्घा,
स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नं, चार बिर्घामा रहेको जनता माध्यमिक बिद्यालयकी अन्जली पाण्डेयले कालीगण्डकी गाउँपालिकामै उत्कृष्ट नतिजा हासिल गरी एस, ई ,र्ई उत्तीर्ण भएकी छन ।

अन्जली पाण्डेय कालीगण्डकी गाउँपालिकाकै कम उमेरकी
परिक्षार्थी समेत रहेको कालीगण्डकी गाउँपालिका वडा नम्बर चारका वडा अध्यक्ष यादब प्रसाद पाण्डेयले बताउनुभयो ।
अन्जली पाण्डेय शिशु कक्षा देखिनै सामुदायिक बिद्यालयमा अध्ययन गरेकी थिइन ।
अन्जली पाण्डेय वडा नं ४ का वडा अध्यक्ष यादब प्रसाद पाण्डेयको छोरी हुन।

जनता माध्यमिक बिद्यालयबाट ६० जना सहभागी भएका थिए जस मध्ये ७ जनाले ए प्लस सगै अठ्ठाईस जना उत्तीर्ण भएका बिद्यालयले जनाएको छ ।
जनता माध्यमिक बिद्यालय कालीगण्डकी गाउँपालिकाका बिद्यालयहरु मध्ये उत्कृष्ट नतिजा हासिल गरेको बिद्यालयको दावी छ ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology