Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

एसईई आजबाट सुरु,पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न

एसईई आजबाट सुरु,पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न


  • 1.8K
    SHARES

  • एसईई आजबाट सुरु,पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न

    काठमाडौं

    यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ ।

    आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ ।

    परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ । आजबाट सुरु भएको एसईई परीक्षा २७ गतेसम्म चल्ने छ ।
    परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र तोकिएका छन् । सबैभन्दा धेरै केन्द्र काठमाडौंमा (१२७) र सबैभन्दा कम मनाङ र मुस्ताङमा (एक–एक) वटा छन् ।

    एसईई परीक्षाका लागि सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थीले फारम भरेका थिए ।

    विगतका एसईई परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान रहेकामा यस वर्षदेखि विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनैपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार