Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

लुम्बिनी इन्जिनियरिङ्ग, म्यानेजमेन्ट एण्ड साइन्स कलेजमा  एक्स्पो शुरु

लुम्बिनी इन्जिनियरिङ्ग, म्यानेजमेन्ट एण्ड साइन्स कलेजमा  एक्स्पो शुरु


  • 1.9K
    SHARES

  • लुम्बिनी इन्जिनियरिङ्ग, म्यानेजमेन्ट एण्ड साइन्स कलेजमा  एक्स्पो शुरु

    बुटवल,

    तिलोत्तमा नगरपालिका–७ भलबारीस्थित लुम्बिनी इन्जिनियरिङ्ग, म्यानेजमेन्ट एण्ड साइन्स कलेजमा  एक्स्पो शुरु भएको छ ।

     कलेजका डाइरेक्टर तुलसीप्रसाद सापकोटाले  विद्यार्थीहरुले निर्माण गरेका उत्कृष्ट प्रोजेक्टहरुको प्रदर्शनी गर्नका लागि एक्स्पो आयोजना गरिएको बताए । एक्स्पो  आज र भोलि दुई दिनसम्मा सञ्चालन हुनेछ ।

    लुम्बिनी इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीले उत्पादन गरेका ५० वटा प्रोजेक्ट  एक्स्पोमा  समावेश गरेका छन ।

     विद्यार्थीले विभिन्न क्षेत्रको अनुसन्धान गरी तयार पारेका प्रोजेक्टहरु व्यवहारिक रुपमा प्रयोग गर्न सकिने उनले बताए ।

    कलेजमा अध्ययनरत विद्यार्थीहरुको क्षमता अभिवृद्धिसहित व्यक्तित्व विकास गर्ने र देशमा नयाँ प्रविधि भित्र्याउनसमेत टेवा पु¥याउने उद्देश्यले लेक एक्स्पो आयोजना गरिएको बताए ।


    क्सोपोमा सिभिल विभागतर्फका २४, कम्प्युटर विभागतर्फका १४ र इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक विभागतर्फबाट १२ वटा प्रोजेक्ट समावेश गरेका छन । विद्यार्थीले बनाएका प्रोजेक्टहरु घर, उद्योग तथा विद्यालय, सडक, कृषिलगायतका क्षेत्रमा प्रयोग गर्न सकिने कार्यक्रम संयोजक इन्जिनियर विष्णुचन्द्र झाँले बताए ।

    विद्यार्थीहरूले आफ्ना प्रतिभा तथा क्षमता प्रदर्शन गर्न सकून् र पछि कुनै कम्पनी वा संस्थामा काम गर्दा मागअनुसार प्राविधिक उपकरण, वस्तु वा कम्प्युटर सफ्ट्वेयरको डिजाइन र विकास गर्न सकून् भनेर प्रविधि प्रदर्शनीलाई प्राथमिकता दिइएको उनले बताए ।

    विद्यार्थीले केही नयाँ प्रोजेक्टहरु तयार गरेको र केही पुराना भएपनि नेपालमा प्रयोगमा नआएका प्रोजेक्टहरु तयार गरेका छन् ।

    १२ हजारले प्रोजेक्ट अवलोकन गर्ने कलेजको अपेक्षा छ ।

    डिप्लोमादेखि मास्टर डिग्रीसम्म पूर्णतः इन्जिनियरिङ्ग पढाइ हुने यस कलेजमा हाल डिप्लोमा १४९, व्याचलरमा ६७५ र मास्टर डिग्रीमा ६० जना गरी जम्मा ८८४ जना विद्यार्थी अध्ययनरत रहेका छन् भने कलेजले विद्यार्थीहरूको प्रतिभा तथा क्षमता प्रदर्शन गर्न एक्स्पो आयोजना गर्दै आइरहेको थियो ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार