Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

भैरहवाको पक्लिहवा मा,वि,मा वर्तमान चुनौतिहरुको सामुहिक समाधान’  विषयक अभिमुखिकरण

भैरहवाको पक्लिहवा मा,वि,मा वर्तमान चुनौतिहरुको सामुहिक समाधान’  विषयक अभिमुखिकरण


  • 1.9K
    SHARES

  • भैरहवाको पक्लिहवा मा,वि,मा वर्तमान चुनौतिहरुको सामुहिक समाधान’  विषयक अभिमुखिकरण

    भैरहवा,


    रुपन्देहीको  भैरहवामा रहेको  श्री पक्लिहवा माध्यमिक विद्यालय, सिद्धार्थनगर वडा नं, १ पक्लिहवामा ‘शिक्षामा सशक्तिकरणः वर्तमान चुनौतिहरुको सामुहिक समाधान’  विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

    विद्यालयका प्रधानाध्यापक बसन्तकुमार बस्नेतको अध्यक्षता एवम्  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवा समाजसेवी सुशील गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

    कार्यक्रममा फिनल्याण्डका ल्युट विश्वविद्यालयका पिएचडी स्कलर्स राजन वि,क, तथा विद्यालयका प्रधानाध्यापक बसन्तकुमार बस्नेतले सहजकर्ताको भुमिका निर्वाह गरेको थियो ।
    कार्यक्रममा वर्तमान समयमा शिक्षा क्षेत्रमा देखिएका विभिन्न चुनौतिहरुको क्रमबद्ध रुपमा छलफल गरि त्यसका सामुहिक समाधानका उपायहरु के हुन सक्छ भनी विभिन्न विकल्पहरुमा अन्तरक्रिया, विश्वव्यापी रुपमा गरिएका प्रयासहरु तथा स्थानिय रुपमा गर्न सकिने समाधानका पाइलाहरुमा विचार विमर्श गरिएको थियो ।

    ssu2.jpg

    कार्यक्रममा प्रमुख अतिथि गुरुङ्गले प्रयोगात्मक र अन्तरक्रिया मार्फत गरिने यस्ता कार्यक्रमहरुले शिक्षा क्षेत्रमा रुपान्तरण गर्न, सिकाईको प्रक्रिया सहज बनाउन र विधार्थीहरुको बालमनोविज्ञानलाई बुझन र सोहि अनुरुप विकाश गर्न महत्वपुर्ण सहयोग पुग्ने धारणा व्यक्त गर्नु भयो ।
    विद्यालयका सहायक प्रधानाध्यापक शेर बहादुर थापाको स्वागत र शिक्षक देवि प्रसाद न्यौपानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सल्लाहाकार याम बहादुर थापा, सदस्य शिव शंकर गुप्ता, मेउडीहवा आधारभुत विद्यालयका प्रधानाध्यापक आशा थापा, विद्यालयका शिक्षक शिक्षिका, कर्मचारी तथा विद्यार्थी गरि करिब ७० जनाको सहभागिता रहेको थियो ।
      

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार