बुधवार, आश्विन ३ २०८००१:३३:५०
काठमाडौं ,
संसद्मा पेस भएको प्रस्तावि शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघको आयोजनामा देशभरका शिक्षकहरू जम्मा भएर काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन्।
शिक्षकहरूले सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्यांकन, सेवा सुविधा, नियमन लगायत रेखदेखमा स्थानीय तहको भूमिका अस्वीकार गर्दै आन्दोलन घोषणा गरेका हुन्।

संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शिक्षकलाई स्थानीय तह मातहत राख्ने व्यवस्था गरेको छ।
यो व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले शिक्षकका पेसागत सुरक्षा, हकहित र सम्मानको माग राख्दै काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेको हो।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology