Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

बुटवलमा कक्षा ११ मा छात्रवृत्तिका लागि २८ गते परीक्षा सञ्चालन हुने

बुटवलमा कक्षा ११ मा छात्रवृत्तिका लागि २८ गते परीक्षा सञ्चालन हुने


  • 7.3K
    SHARES

  • बुटवलमा कक्षा ११ मा छात्रवृत्तिका लागि  २८ गते परीक्षा सञ्चालन हुने

    बुटवल

    बुटवल उपमहानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा छात्रवृत्तिका लागि परीक्षा सञ्चालन गर्ने भएको छ।


    बुटवलका १५ वटा विद्यालयमा भर्ना भएका ३ हजार ३ सय ३३ विद्यार्थीमध्ये १० प्रतिशत हुन आउने ३ सय ३३ विद्यार्थीका लागि यही भदौ २८ गते परीक्षा सञ्चालन गर्ने भएको हो।


    बुटवलका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले सम्बन्धित कोटामा प्राप्त हुने सुविधा प्राप्त हुने गरी परीक्षा सञ्चालन गर्न र आरक्षण अनुसारकै विद्यार्थीले सुविधा पाउने व्यवस्था गर्न नगर प्रमुख खेलराज पाण्डेयले निर्देशन दिनुभयो।

    संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले संस्थागत विद्यालय छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुसार यही भदौ १८ गतेदेखि २५ गतेसम्म छात्रवृत्ति आवेदन फाराम भर्नका लागि बुटवल उपमहानगरपालिकाले सबै विद्यार्थीलाई आह्वान गरेको शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिनुभयो।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार