Namaste Lumbini

बिहिवार, मंसिर १० २०८३Nov 26 2026

रुपन्देहीको  भैरहवामा   पाँचतारे सिद्धार्थ भिलासा होटल सञ्चालनमा

रुपन्देहीको  भैरहवामा   पाँचतारे सिद्धार्थ भिलासा होटल सञ्चालनमा


  • 1.8K
    SHARES

  • रुपन्देहीको  भैरहवामा    पाँचतारे  सिद्धार्थ भिलासा  होटल सञ्चालनमा

    भैरहवा ,


    रुपन्देहीको  भैरहवामा सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रा.लि.ले बिहीबारदेखि  पाँचतारे सञ्चालनमा ल्याएको छ ।

    विहिबार आयोजित पत्रकार सम्मेलनमा होटलबारे जानकारी दिंदै सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रा.लि. का अध्यक्ष चिन्तामणि (लक्ष्मण) न्यौपानेले होटलमा करिब साढे २ अर्ब लगानी रहेको बताए ।

    उनले ४ विघा क्षेत्रफलमा निर्माण भएको होटलमा ८५ कोठा, लबि लौउन्ज, अल डे डाइनिङ, रुफ टप रेष्टुरेण्ट तथा स्वीमिङ पुल, फिटनेस, जीम, स्पा, साउना र ज्याकुजीसहितको हेल्थ क्लब सेवा, लंग टेनिस कोर्ट, गार्डेन, पार्किङस्थलसहित ठूला सभाहल, ३ वटा सेमिनार हल र एउटा मिटिङ रुममा क्यासिनो सञ्चालन सुविधा रहेको बताए ।

    sshoo22.jpg

    ‘हालै  सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको यस अत्याधुनिक तथा सुविधासम्पन्न होटलको नियमित सेवा सञ्चालनमा आउँदा, स्वदेशी तथा विदेशी अतिथिहरुको सेवाले सिंगो देशकै पर्यटन तथा आतिथ्य सेवामा टेवा पुर्याउन सक्ने विश्वास हामीले लिएका छौं, ’ अध्यक्ष न्यौपानेले भने ।

    ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कृष्ण न्यौपानेले हाल पाँचतारे होटल सफ्ट लञ्च भएको आगामी असोजमा ग्राण्ड ओपेनिङसहित पूर्ण रुपमा सञ्चालनमा आउने बताए ।करिब साढे २ अर्व लगानी रहेको होटल सिद्धार्थ भिलासामा ३ सय बढि कर्मचारी कार्यरत छन् ।

     

    siddoii.jpg

    २५ वर्षअघि सुदूरपश्चिमको कैलालीको टीकापुरमा ग्रामीणस्तरको खाजा पसलबाट सुरु भएको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रा.लि.को यात्रा पाँचतारे होटलसम्म आइपुगेको हो ।

     समूहले पश्चिमदेखि पूर्वी नेपालसम्म निजी लगानी र व्यवस्थापन गरेर ३२ वटा शाखा सञ्चालनमा ल्याइसकेको छ । तिनमा कटेज, रेष्टुराँ, तीनतारे र चारतारेस्तरका रहेका छन् ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार