Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

शान्ति नमुना माध्यमिक विद्यालय कक्षा बाह्रको नतिजामा रुपन्देही प्रथम

शान्ति नमुना माध्यमिक विद्यालय कक्षा बाह्रको नतिजामा रुपन्देही प्रथम


  • 3.0K
    SHARES

  • शान्ति नमुना माध्यमिक विद्यालय कक्षा    बाह्रको नतिजामा रुपन्देही प्रथम


    बुटवल,

    रुपन्देहीको तिलोत्तमामा रहेको शान्ति नमुना माध्यमिक विद्यालय कक्षा १२ को नतिजामा रुपन्देही प्रथम भएको छ ।

    सामुदायिक विद्यालयतर्फ शान्तिका सुदिप ढकालले ३.८८ जिपिए सहित रुपन्देही प्रथम हुन सफल भएका हुन् । 


    विद्यालयबाट १२ जना विद्यार्थीले ३.६  जिपिए भन्दा माथिकोे अकं सहित उत्तीर्ण भएका छन् भने ८६ जना विद्यार्थीहरुले ३.२  जिपिए भन्दा माथिको अकं प्राप्त गरेको विद्यालयले जनाएको छ । 


    विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले रुपन्देहीमा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा दिएर शान्ति अब्बल विद्यालय बन्न सफल भएको भन्दै सामुदायिक विद्यालयहरु गुणस्तरीय शिक्षाको लागि सही गन्तव्य बन्न सकेको बताउनुभयो । 


    शान्तिबाट यस वर्ष विज्ञान, व्यवस्थापन, शिक्षा र कानुन समुहका ६ सय २  जना विद्यार्थीले कक्षा १२ को परीक्षामा सहभागी भएका थिए । 
    .

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार