Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

बुटवल उपमहानगरपालिकाको लक्ष्मी माध्यामिक विद्यालयमा फिल्टर हस्तान्तरण

बुटवल उपमहानगरपालिकाको लक्ष्मी माध्यामिक विद्यालयमा फिल्टर हस्तान्तरण


  • 8.7K
    SHARES

  • बुटवल उपमहानगरपालिकाको लक्ष्मी माध्यामिक विद्यालयमा फिल्टर हस्तान्तरण

    बुटवल,

    रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर चारमा रहेको लक्ष्मी माध्यामिक विद्यालयमा फिल्टर हस्तान्तरण गरिएको छ ।

    बिहिबार लक्ष्मी माध्यामिक विद्यालयका विद्यार्थीलाई शुद्ध पिउने पानीका लागी सनराइज बैकले दुई लाख तीस हजार बराबर मूल्यको फिल्टर विद्यालयलाई हस्तान्तरण गरेको हो ।

    प्रतिघण्टा १०० लिटर पानी फिल्टर गर्न सक्ने क्षमता रहेको फिल्टर हस्तान्तरण गरिएको सनराइज बैक बुटवल राममन्दिर शाखाका प्रमुख कुशल श्रेष्ठले बताउनुभयो ।

    हस्तान्तरण कार्यक्रममा सनराइज बैकका डि,जि एम,अपच कुमार यादव,बुटवल उपमहानगरपालिका वडा नम्बर चारका वडा अध्यक्ष नरिश्वर पौडेल,विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष तथा सल्लाहकार परमानन्द भट्रराई, विद्यालयकी प्र,अ ,शान्ति शर्मा,लगायतले बोल्दै फिल्टरले विद्याथीको स्वास्थ्यमा फाइदा हुने  शुद्ध पिउने पानीको समस्याको समाधान हुने भन्दै बैकलाई धन्यवाद दिदै अन्य संघ संस्थाहरुलाई सहयोगका लागी आग्रह गरे।

    बैकले सामाजिक उत्तरदायित्व  अन्तरर्गत शिक्षा,स्वास्थ्य, वातावरणका क्षेत्रमा सहयोग गरिएको बताए ।

     फिल्टर हस्तान्तरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम ढकालको अध्यक्षतामा भएको कार्यक्रम शिक्षक डिल्लीराज शर्माले गर्नुभएको थियो  ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार