Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

माध्यमिक शिक्षा परीक्षा (एसईईको)  नतिजा सार्वजनिक,

माध्यमिक शिक्षा परीक्षा (एसईईको)  नतिजा सार्वजनिक,


  • 1.9K
    SHARES

  • माध्यमिक शिक्षा परीक्षा (एसईईको)  नतिजा सार्वजनिक,

    काठमाण्डाै 

    राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईईको)  नतिजा सार्वजनिक गरेको छ ।  

    परीक्षामा ३ दशमलव ६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ ।

    यस्तै ४१ हजार ६२७ जनाले ३ दशमलव २० देखि ३ दशमलव ६०, ६९ हजार ९०० जनाले २ दशमलव ८० देखि ३ दशमलव २० र ९० हजार ७५८ जनाले २ दशमलव ४ देखि २ दशमलव ८० जीपीए ल्याएका छन् ।

    यस्तै एक लाख १२ हजार ७३३ जनाले २ देखि २ दशमलव ४ जीपीए र एक लाख ५९४ जनाले १ दशमलव ६ देखि २ जीपीए ल्याएका छन् ।

    १ दशमलव २ देखि १ दशमलव ६ जीपीए ल्याउनेको संख्या ४४ हजार ५८६ र ० दशमलव ८० जीपीएदेखि १ दशमलव २ जीपीए ल्याउनेको संख्या तीन हजार २८० रहेको छ ।
    एसईई परीक्षामा ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए । 

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार