Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

मावि शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक, अन्तर्वार्ता असार २१ गते हुने

मावि शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक, अन्तर्वार्ता असार २१ गते हुने


  • 3.9K
    SHARES

  • मावि शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक, अन्तर्वार्ता असार २१ गते हुने

     काठमाडौं ,

    शिक्षक सेवा आयोगले माध्यामिक तह, प्रथम श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

    आयोगले २०७८ चैत २१ गते परीक्षा सञ्चालन गरेको थियो ।

    आयोगले जारी गरेको सूचना अनुसार पाँचथर, झापा, तेह्रथुम, धनकुटा, मोरङ, सुनसरी, धनुषा, रौतहट, बारा, पर्सा, काभ्रे, भक्तपुर, काठमाडौं, ललितपुर र चितवनका ४७ जनाको अन्तर्वार्ता असार २१ गते बिहान ८ बजे हुने छ ।

    यसैगरी लमजुङ, कास्की, बाग्लुङ, पर्वत, पाल्पा, गुल्मी, रोल्पा, दाङ, सल्यान, जाजरकोट, दैलेख, सुर्खेत, बझाङ, कैलाली, दार्चुला र डडेलधुराका ४७ जनाको अन्तर्वार्ता असार २१ गते दिउँसो १ बजे हुने छ ।
     
    अन्तर्वार्ता परीक्षा शिक्षा सेवा आयोगको कार्यालय सानोठिमी भक्तपुरमा हुने सूचनामा उल्लेख छ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार