शुक्रवार, बैशाख ९ २०७९११:१६:३४
काठमाडौँ ,
माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ।
परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार देशभरका ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ एक लाख ५७ हजार ९१४ छात्र र दुई लाख ५७ हजार ५३ छात्रा गरी पाँच लाख १४ हजार ९६७ परीक्षार्थी सहभागी छन्।
पहिलो दिन शुक्रवार अनिवार्य अंग्रेजीको परीक्षा भएको सम्पन्न् भएको छ। वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य वा अंग्रेजीको परीक्षा हुँदैछ।
बिहान ८ बजे शुरु भएको परीक्षा ११ बजेसम्म सञ्चालन हुनेछ। एसईई वैशाख २० गते सकिने छ।
कोरोनाकै कारण गत दुई वर्ष आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरिएको थियो।