Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

माध्यामिक शिक्षा परीक्षा एसईई शुक्रबार ९ गते देखि सुरु हुँदै, ५ लाख १४ हजार ७६० परीक्षार्थी सहभागी हुने

माध्यामिक शिक्षा परीक्षा एसईई शुक्रबार ९ गते देखि सुरु हुँदै, ५ लाख १४ हजार ७६० परीक्षार्थी सहभागी हुने


  • 2.5K
    SHARES

  • माध्यामिक शिक्षा परीक्षा एसईई शुक्रबार  ९ गते देखि सुरु हुँदै, ५ लाख १४ हजार ७६० परीक्षार्थी सहभागी हुने

     काठमाडौं ,

    माध्यामिक शिक्षा परीक्षा एसईई शुक्रबार सुरु हुँदैछ ।

    कोरोना महामारीका कारण शैक्षिक वर्ष २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनलाई नै प्रमाणीकरण गरेको राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष भने भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गर्न लागेको हो ।

    एसईईमा सबैभन्दा बढी काठमाडौंबाट ३६ हजार र सबैभन्दा कम मनाङबाट २९ जना विद्यार्थी सहभागी हुने एसईई परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए ।

    बोर्डले दुई हजार सात परीक्षा केन्द्र र एक उपकेन्द्रबाट परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । बोर्डले यो वर्ष नवलपुर जिल्लामा एक उपकेन्द्र तोकेको छ ।

    परीक्षा नियन्त्रण कार्यालयको अनुसार २०७८ को एसईईमा कुल ५ लाख १४ हजार ७६० परीक्षार्थी सहभागी हुनेछन् ।

    यो वर्ष परीक्षामा नियमिततर्फ ४ लाख ८८ हजार ७४२, प्राविधिकतर्फ १४ हजार ५६४ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी हुने बोर्डले जनाएको छ ।

    सामान्यतर्फ ११ हजार ६१५ विद्यालय र प्राविधिकतर्फ २९९ विद्यालयका विद्यार्थीहरु यो वर्ष एसईईमा सहभागी हुनेछन् ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार