Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

श्री रण अम्बिका शाह आँखा अस्पतालको प्राविधिक सहयोगमा प्यूठानमा आँखाको शल्यक्रिया शिविर

श्री रण अम्बिका शाह आँखा अस्पतालको प्राविधिक सहयोगमा प्यूठानमा आँखाको शल्यक्रिया शिविर


  • 10.0K
    SHARES

  • श्री रण अम्बिका शाह आँखा अस्पतालको प्राविधिक सहयोगमा प्यूठानमा  आँखाको शल्यक्रिया शिविर

    भैरहवा ।

    लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पतालको प्राविधिक सहयोगमा प्यूठानमा एकदिने आँखाको शल्यक्रिया शिविर सम्पन्न भएको छ ।

    प्रस्तावित नरेन्द्र गायत्री आँखा उपचार केन्द्र, प्युठानले आफ्नो आँखा उपचार केन्द्रमा आँखा बिरामीहरुलाई महिनाको एकदिन शिविर सञ्चालन गरेको हो ।

    लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थानका बाह््रय कार्यक्रम निर्देशक नेत्ररोग विशेषज्ञ सह.प्रा.डा. कबिन्द्र बज्राचार्यले शिविरमा आएका ३० जना बिरामीहरुको मोतियाबिन्दुको शल्यक्रिया गरिएको बताए ।

    मोतियाबिन्दुका कारणले पूर्ण रुपमा दृष्टीबिहीन भएका दुईजना बिरामीहरुले शल्यक्रियापश्चात दृष्टी फर्किएकोमा आयोजक संस्था र लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरलाई धन्यवाद दिनुभएको संस्थानका सूचना अधिकारी प्रतीक पाण्डेले जानकारी दिए ।

    सेतो पुतलीबाट आँखामा लाग्ने शापुका बिरामी र अन्य केही बिरामीलाई थप उपचारको लागि लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पतालमा बोलाइएको अस्पतालका बाह्य कार्यक्रम निर्देशक सह.प्रा.डा.कबिन्द्र बज्राचार्यले बताए ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार