बुटवल,
बुटवल लायन्स आँखा अस्पताल तथा रुपन्देहीमा रहेका विभिन्न लायन्स क्लबहरूको संयुक्त आयोजना र सहकार्यमा आँखा परीक्षण तथा दृष्टि परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
विश्व दृष्टि दिवस २०२६ को अवसरमा सञ्चालित आँखा परीक्षण तथा दृष्टि परीक्षण कार्यक्रम सम्पन्न विश्व दृष्टि दिवस (World Sight Day) २०२६ को अवसरमा बुटवल लायन्स आँखा अस्पताल, बुटवल तथा रुपन्देहीमा रहेका विभिन्न लायन्स क्लबहरूको संयुक्त आयोजना र सहकार्यमा रुपन्देही जिल्लाका विभिन्न विद्यालय तथा समुदायमा आँखा परीक्षण एवं दृष्टि परीक्षण (Eye Check-up and Vision Screening) कार्यक्रम सञ्चालन गरिएको छ।
उक्त कार्यक्रमअन्तर्गत विभिन्न विद्यालय तथा समुदायका विद्यार्थीहरूको आँखाको स्वास्थ्य परीक्षण गरी कुल ३,७१७ जना विद्यार्थीहरूको आँखा परीक्षण सम्पन्न गरिएको छ। यस अवसरमा जिल्लाका विभिन्न स्थानमा जम्मा १४ वटा कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिएका छन्।
कार्यक्रमको मुख्य उद्देश्य बालबालिका तथा विद्यार्थीहरूमा आँखासम्बन्धी समस्याको समयमै पहिचान गरी आवश्यक परामर्श, उपचार तथा थप सेवाका लागि सहजीकरण गर्नुका साथै आँखा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्नु रहेको थियो। यस कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग, समन्वय र सहकार्य गर्नुहुने सम्पूर्ण लायन्स क्लबहरू, विद्यालय परिवार, शिक्षक, अभिभावक तथा सम्बन्धित सबैप्रति बुटवल लायन्स आँखा अस्पतालले हार्दिक आभार व्यक्त गरेको छ ।