Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

फेन्सी थोक उपसमितिको आयोजनामा रक्तदान कार्यक्रम, ३६ युनिट रगत संकलन

फेन्सी थोक उपसमितिको आयोजनामा रक्तदान कार्यक्रम, ३६ युनिट रगत संकलन


  • 3.2K
    SHARES

  • फेन्सी थोक उपसमितिको आयोजनामा रक्तदान कार्यक्रम, ३६ युनिट रगत संकलन


    बुटवल, २३ चैत–

    रुपन्देही व्यापार संघ अन्तरगत रहेको फेन्सी थोक वस्तुगत उपसमितिको आयोजनामा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 
    संघको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा ३६ युनिट रगत संकलन भएको संघले जनाएको छ ।

    विरामीहरुलाई आवश्यक पर्ने रगत चाहिएको समयमा कमी नहोस भन्ने उद्देश्यले वस्तुगत उपसमितिले आफुनो वार्षिक कार्यक्रम अन्तरगत सो कार्यक्रम गरेको उपसमितिका संयोजक भरत केसीले बताउनु भयो ।


    कार्यक्रमको सुभारम्भ गर्दै संघका पूर्व अध्यक्ष श्रीकृष्ण पोखरेलले संघले व्यवसायीक समस्याहरुका बारेमा मात्र नभएर सामाजिक कार्यमा पनि आफुनो भूमिका देखाएको भन्दै प्रसंसा गर्नु भएको थियो ।


    कार्यक्रममा रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले संघलाई बलियो बनाउने र त्यसका गतिविधिलाई अगाडी बढाउने काममा वस्तुगत उपसमितिको सक्रियताले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।


    उपसमितिका संयोजक भरत केसीको अध्यक्षता तथा सचिव गोकर्णराज गिरीको सञ्चालनमा भएको कार्यक्रममा रक्त सञ्चार केन्द्र, बुटवलले प्राविधिक सहयोग गरेको थियो ।

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार