Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

पछिल्लो २४ घण्टामा एक हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि,१६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा एक हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि,१६ जनाको मृत्यु


  • 2.3K
    SHARES

  • पछिल्लो २४ घण्टामा एक हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि,१६ जनाको मृत्यु

    काठमाडौं ।

    पछिल्लो २४ घण्टामा थप एक हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा ११ हजार ३८५ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा एक हजार ६६ जनाको नतिजा पोजिटिभ आएको हो । आठ हजार ५४० नमुनाको पीसीआर परीक्षण गर्दा ८३५ र दुई हजार ८१८ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २३१ जनामा संक्रमण देखिएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाका कारण १६ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा देशभर एक हजार २३४ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या सात लाख ४७ हजार ८०० पुगेको छ ।

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार