Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

आज हरितालिका (तीज) पर्व महादेवको पूजा आराधना गरी मनाइँदै,स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह,

आज हरितालिका (तीज) पर्व महादेवको पूजा आराधना गरी मनाइँदै,स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह,


  • 19.3K
    SHARES

  • आज हरितालिका (तीज) पर्व  महादेवको पूजा आराधना गरी मनाइँदै,स्वास्थ्य मापदण्ड पालना गर्न  आग्रह,

    बुटवल,

    आज हरितालिका (तीज) पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

    हिजो दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व पर्सि ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

    यसवर्ष कोरोना संक्रमण कम हुँदै गएको र निषेधाज्ञा पनि हटेको कारण पोहोरको तुलनामा तीजको रमझम धेरै छ । तर जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न विज्ञले आग्रह गरेका छन् ।

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार