बिहिवार, पौष १० २०८२०२:४०:३९
तिलोत्तमा,
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर आठ दिपनगरमा रहेको करहिया सामुदायिक वन उपभोक्ता समुहको परिसरमा सिद्धार्थ पीस पार्क निर्माण गरिरहेको करहिया सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हरिलाल पाण्डेयले बताउनु भएको छ ।

तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोग र सामुदायिक वनको आन्तरिक कोषबाट पार्क निर्माण कार्य भैरहेको उपाध्यक्ष बाबुराम खरेलले बताउनुभयो ।

करिब एक विगाहा क्षेत्रफलमा फैलिएको दीर्घकालिन योजनाका साथ भौतिक निर्माण वातावरणीय हरियालीका साथ विभिन्न किसिमका संरचना पिकनिक सेड, बाल उद्यान,सभाहल,मन्दिर, फुलबारी लगायतका कार्य भएको र आगामी दिनमा बुद्धको मुर्ति निर्माण ,पानीका फोहरा,लुम्बिनीको झझल्लको दिने गरी आन्तरिक र बाह्रय पर्यटकलाई आर्कषण गर्ने किसिमको सौन्दयकरण गरिने बताउनुभयो ।

विशेष गरी अहिले पिकनिक स्थलका लागी शान्त र रमणीय स्थल भएको भन्दै आन्तरिक पर्यटक आउने गरेको कार्यालय सचिव रत्ना वि, क,ले बताउनुभयो ।

उपभोक्ता समुहले वनको संरक्षणसंगै पर्यटकलाई आर्कषण गरी आर्थिक र वातावरणीय कार्यका लागी दीर्घकालिन योजनाका साथ काम भइरहेको करहिया सामुदायिक वन उपभोक्ता समुहले जनाएको छ ।

तिलोत्तमाको करहिया सामुदायिक वन परिसर