Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

बुटवलमा संविधान दिवसको दिन असोज ३ गते  ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ इभेन्ट हुने

बुटवलमा संविधान दिवसको दिन असोज ३ गते  ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ इभेन्ट हुने


  • 3.6K
    SHARES

  • बुटवलमा संविधान दिवसको दिन असोज ३ गते  ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ इभेन्ट हुने

    बुटवल ,

    बुटवलमा संविधान दिवसको दिन असोज ३ गते  ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ इभेन्ट हुने भएको छ ।

     इभेन्ट इन बुटवलले बिएचएम अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सो कार्यक्रम गर्ने भएको हो ।

    आयोजकले मंगलबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमको तयारी तीव्र रुपमा अघि बढाएको जनाएको छ ।

    अहिले बुटवल भित्र बिएचएम अध्ययन हुने क्याम्पसमा भिजिट गरेर कार्यक्रमबारे अवगत गराउने काम भइरहेको कार्यक्रम संयोजक अतीत थापाले बताए ।

    उनका अनुसार बिएचएम अध्ययनरत विद्यार्थीहरुले कार्यक्रम स्थलमा स्टल राख्दा कुनै पनि शुल्क नलाग्ने बताए ।

    कार्यक्रममा सांस्कृतिक मनोरञ्जन लिन पाउनुका साथै विएचएम अध्ययनरत गर्ने विद्यार्थीहरुले तयार गरेका विभिन्न परिकारको स्वाद लिन पाइने उनले बताए ।

    ggo2fff.jpg

    कार्यक्रममा स्वर, रकेट्रस,  चक्र र आमाथ्यको विशेष साङगेतिक प्रस्तुति रहने   कार्यक्रम संयोजक थापाले बताए । 

    यस्तै कार्यक्रमको प्रवेश शुल्क १००० कायम गरिएको इभेन्ट इन बुटवलका फाउण्डर सुशान्त पाण्डेले बताए।

    विद्यार्थीको लागि भने ५० प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए । 

    कार्यक्रम गर्नको लागि २५ लाख खर्च लाग्ने अनुमान गरिएको फाउन्डर पविन सेनले बताए । 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार