मंगलवार, भाद्र ८ २०७८०५:४६:२८
काठमाडौं
पछिल्लो २४ घण्टामा २ हजार ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १४ हजार ८ सय १० जनाको कोरोना परीक्षण गरिएको थियो।
कोरोना संक्रमणबाट २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार यससँगै मृत्यु हुनेको संख्या १० हजार ५ सय ६८ पुगेको छ। २ हजार ८६ जना कोरोनामुक्त भएका छन्।
चौबीस घण्टामा ३५ जनाको मृत्यु भएको छ भने २ हजार ८६ जना संक्रमणमुक्त भएका छन् ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology