Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

तिलोत्तमा चेम्बरले लगायो एकहजार व्यवसायीलाई कोरोना खोप,

तिलोत्तमा चेम्बरले लगायो एकहजार व्यवसायीलाई कोरोना खोप,


  • 1.5K
    SHARES

  • तिलोत्तमा चेम्बरले लगायो एकहजार व्यवसायीलाई कोरोना खोप,


    तिलोत्तमा, ३ भदौ ।
    तिलोत्तमा चेम्बर अफ कमर्शले  आफ्ना एक हजार सदस्यलाई कोभिड विरुद्धको खोप लगाएको छ । 
    चेम्बर अफ कमर्शले दुई चरणमा गरी एक हजार जनालाई खोप लगाएको थियो । तिलोत्तमा नगरपालिका र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा चेम्बर अफ कमर्शले व्यवसायीलाई कोभिड विरुद्ध खोपको व्यवस्था गरेको हो ।


    एक हजार जना व्यवसायीलो खोप लगाएपनि अझै प्रयाप्त नभएको र थप खोप उपलव्ध गराउनुपर्ने संस्थाका अध्यक्ष बाबुलाल भुसालले माग गरे । छुटेका व्यवसायीलाई अर्को चरणमा खोप उपलव्ध गराइने उनले बताए ।


    संस्थाले बिहीबार तिलोत्तमा नगरपालिकामै पाँचसय जना व्यवसायीलाई भेरोसेल खोप लगाएको प्रथम उपाध्यक्ष रामचन्द्र पाण्डेले बताए । यसअघि पहिलो चरणमा संस्थाले पाँचसय व्यवसायीलाई अमेरिकी जोनसोन एण्ड जोनसोन खोप लगाएको थियो । 


    कोरोना महामारीका समयमा व्यवसायीहरु जोखिममा रहेकाले संस्थाको पहलमा खोपको व्यवस्थापन गरिएको संस्थाका महासचिव विष्णु बरालले बताए ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार