Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

रुपन्देहीमा जारी निषेधाज्ञा भदौ १५ गतेसम्म थपियो,पर्वलाई लक्षित गर्दै हुने सामुहिक कार्यक्रममा कडाई गरिने,

रुपन्देहीमा जारी निषेधाज्ञा भदौ १५ गतेसम्म थपियो,पर्वलाई लक्षित गर्दै हुने सामुहिक कार्यक्रममा कडाई गरिने,


  • 1.4K
    SHARES

  • रुपन्देहीमा जारी निषेधाज्ञा भदौ १५ गतेसम्म थपियो,पर्वलाई लक्षित गर्दै हुने सामुहिक कार्यक्रममा कडाई गरिने,

    बुटवल

    रुपन्देहीमा जारी निषेधाज्ञा भदौ १५ गतेसम्मका लागि थपिएको छ । सोमबार दिउँसो बसेको डिसीसीएमसीको बैठकले भदौ १५ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको छ ।तीज नजिकिदै गरेकाले विभिन्न होटल तथा पार्टी प्यालेसमा कार्यक्रम गर्दा कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले निषेधाज्ञालाई निरन्तरता दिइएको छ । कोरोना संक्रमण तिब्र रुपमा बढ्दै गएपछि बैशाख १६ गतेबाट जिल्लामा निषेधाज्ञा जारी भएको थियो ।

    पर्वलाई लक्षित गर्दै हुने सामुहिक कार्यक्रममा कडाई गरिने छ भने यस अघि जारी भएको आदेशलाई निरन्तरता दिने निर्णय जिल्ला स्तरिय कोरोना संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीले गरेको छ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार